चिसो अप्रत्यासितरुपले बढेपछि नेपालगन्जका चोक–चोकमा आगो ताप्ने व्यवस्था

२० पुष २०७४, बिहीबार १९:०८
 

सदरलाइनडटकम   
२० पुस, नेपालगन्ज : अप्रत्यशित रुपले बाक्लो हुस्सुसंगै शितलहरको चिसो बढदै गएपछि नेपालगन्ज लगायत पश्चिम तराईको जनजीवन कष्ठकर बन्दै गएको छ । अत्याधिक चिसोको कारण मानिसहरु घरबाहिर निस्कनलाई समेत असहज भएको छ । विद्यालय तथा कलेजहरुमा जाडोको बिदा घोषणा गरिएको छ ।
गत आइतबारबाट नेपालगन्जमा घाम नलागेपछि शीतलहर र चिसोको कारण जनजीवन कष्टकर बन्दै आएको हो । हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नेपालगन्ज उप–महानगरपालिकाले सोमबारदेखि नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
उप–महानगरले नगरका ११ सार्वजनिक स्थानबाट शुरु गरेको आगो ताप्ने व्यवस्था अहिले एक सय ५० स्थानमा पु¥याएको जनाएको छ । उप–महानगरका १ देखि २३ वडाका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको उप–महानगरपलिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
‘वडाध्यक्षहरुको समन्वयमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको छ’– सूचना अधिकारी पौडेल भने–‘ बढी आवत जावत बढी हुने स्थान तथा सार्वजनिक स्था जाँहा बढी मानिसको भिडभाड रहन्छ त्यस्तो ठाँउको छनौट गरी मा आगो बालिएको छ ।’
जिल्ला वन पैदावर आपूर्ति समितिबाट केही चट्टा दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दाउरा वितरण गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।
जाडोसँगै स्थानीयवासीको माग पनि बढदै गएपछि उप–महानगरपालिकालाई दाउरा पु¥याउन धौधौ भइरहेको छ । अत्यधिक चिसोले मजदुर, यात्रु, वद्ध वृद्धा, बालबालिकालाई विशेष असर पु¥याइरहेको छ ।
गत हप्तादेखि बाँकेमा बाक्लो हुस्सुसंगै चिसो हावा चल्ने गरेको कारण एक्कासी चिसो बढेसंगै जनजीवन प्रभावित भएको हो । चिसो बाट बच्नको लागि न्यानो कपडा लगाएर बस्नको तातो झोलिलो पदार्थ सेवन गर्न र काम परे मात्र बाहिर निस्कनको लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आग्रह गरेको छ ।


Next Post

भेरी सहकारीको मुनाफा १ करोड बढी

२० पुष २०७४, बिहीबार १९:०८
सदरलाइनडटकम २३ पुुुस नेपालगन्ज : नेपालगन्जमा सञ्चालनमा रहेको भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगन्जले १ करोड ७ लाख ७८ हजार ५ सय ४१ रुपैया मुनाफा गरेको छ । संस्थाको शनिबार नेपालगन्जमा भएको २२ औ साधारण सभा कार्यक्रममा सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष बसन्त लामिछानेद्धारा प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष […]

सम्बन्धित