माघ ११ देखि नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चलन गरिदै

१४ पुष २०७४, शुक्रबार १८:२८
 

सदरलाइनडटकम  
१४ पुस नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको स्थापनाको ५० औं वर्षगाँठको अवसर पार्दै आगामी माघ ११ गतेदेखि २२ गतेसम्म ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना हुने भएको छ । सधै मध्यपश्चिम क्षेत्रस्तरिय महोत्सव आयोजना गर्दै आएको नेपालगन्ज उद्योग बाणिज्य संघले देश संघीय संरचनामा गएपछि  आगामी माघ ११ देखि २२ सम्म प्रादेशिकस्तरिय महोत्सव आयोजना गर्न लागेका छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने–‘कृषि, जडिबुटी, पर्यटन, सूचना प्र्रविधि, उद्योग र व्यापारको प्रवद्र्धन र रोजगारीलाई लक्षित गरी महोत्सव आयोजना गर्दैछौ प्रदेशमा नेपालगन्जलाई औद्योगिक शहरका रुपमा स्थापित गराउने लक्ष्य रहनेछ ।’
अध्यक्ष बैश्यले प्रदेशभित्र थप नया“ उद्योग व्यवसाय स्थापना गर्न प्रोत्साहित गर्न र बाँकेकै अर्थतन्त्रलार्ई आत्मनिर्भर बनाउने जागरण ल्याउनका लागि महोत्सव उपयोगी रहने दाबी गरे । नेपालगन्जको कारकांदोमा रहेको सडक डिभिजन परिसरमा बहुउदेश्यि सभागृह तथा प्रर्दशनी स्थल निर्माणका लागि संघले यसअघि पनि महोत्सव आयोजना गर्दै आएको छ ।
यसक्षेत्रकै ठुलो प्रदर्शनीस्थल निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारे पनि सो योजना अझै सुरु हुन सकेको छैन । अहिले पनि महोत्सवबाट हुने आम्दानी सोही कार्यमा लगाइने अध्यक्ष बैश्यले बताएका छन् । उनले भने,–‘हामी जसरी पनि प्रर्दनीस्थल निर्माण गरि छाड्छौं ।’



संघका अध्यक्ष बैश्यल महोत्सवलाई अन्र्तराष्ट्रियकरण गर्ने अभियान समेत यसपाली गरिएको जानकारी दिए । अध्यक्ष बैश्यका अनुसार, भारत, चिन, पाकस्तिान, लगायत देशका बिभिन्न उत्पादनका अठारवटा स्टल राख्ने बिषयमा छलफल चलिरहेको बताउदै भने–‘अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालगन्जको चिनारी गराउन पनि हामीले अन्य देशका उत्पादन राख्ने गरी स्टलको व्यवस्था गरेका छौं उनीहरु संग पारस्परिक कुरा र छलफल हुँदै आएको छ ।’
डेढ अर्व आम्दानी गर्ने गरि सञ्चालन गर्न लागिएको सो महोत्सव सन्चालनका लागि अध्यक्षको नेतृत्वमा ७ सय ५१ सदस्यीय मुल आयोजक समिति र २२ वटा उपसमिति निर्माण गरिएको छ । करिव ७५ लाख महोत्सवमा खर्च गरी ७५ लाख बहुउद्देशिय सभा हल निर्माणमा लगाईने भएको छ ।

Next Post

मध्यपश्चिम १३ स्वर्णसहित प्रथम मध्यमाञ्चल ५ स्वर्णसहित द्वितिय

१४ पुष २०७४, शुक्रबार १८:२८
सदरलाइनडटकम १४ पुस, नेपालगन्ज : गत विहीबारदेखि बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा जारी दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगितामा मध्यश्चिम प्रथम भएको छ । मध्यपश्चिमले १३ स्वर्ण सहित प्रथम, ५ स्वर्ण सहित मध्यमाञ्चल द्वितिय, पश्चिमाञ्चल र सुदूरपश्चिमले ३/३ स्वर्ण जित्दा पूर्वाञ्चल स्वर्ण रहित हुन पुगेको छ । यो संगै प्रतियोगिता समेत सम्पन्न […]