रुपैडिहामा वेवारिसे अवस्थामा नेपाली युवकको शव भेटियो

९ पुष २०७४, आईतवार १५:४७
 

सदरलाइनडटकम  
९ पुस, नेपालगन्ज : नेपाल–भारत सीमाक्षेत्र नजिकै भरतीय भूमी रुपैडिहाको पेट्रोलपम्प नजिकै वेवारिसे अवस्थामा नेपाली युवाको शव भेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर भारतीय भूमिमा मृृत अवस्थामा भेटिएको बाँके प्रहरीले पुष्टि गरेको छ ।
भारतीय प्रहरीले दिएको जानकारी अनुसार मृतकको खल्तीमा भेटिएको बसको टिकटको आधारमा उनी नेपाली नागरिक भएको भन्दै भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा खबर गरेको थियो ।
मृतकको साथमा भेटिएको बसको टिकटमा पूर्णमान श्रेष्ठ नाम लेखेका र उनी बुटवलदेखि नेपालगन्ज आएको आधारमा उनको घरपरिवार बारे अनुसंधान सुरु गरेको जनाएको छ ।
आईतबार विहान ९ बजेमात्र भारतीय प्रहरीले सो घटनाको जानकारी गराएपछि बाँके प्रहरीले टिकटको आधारमा मृतकको आफन्तको खोजि सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले जानकारी दिए ।
घटनास्थलको अवस्था र शरिरमा कुनै चोटपटक नलागेको कारण उनको मृत्यु अत्याधिक माधक पदार्थ सेवन गरेर चिसोमा कठांग्रीएर भएको हुन सक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको भारतीय प्रहरीले जनाएको छ ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमको लागि भारतीय जिल्ला अस्पताल बहराईच पठाईएको भारतीय प्रहरी रुपैडिहाका थाना प्रभारी आलोक रायले जानकारी दिए ।

Next Post

स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालनको माग

९ पुष २०७४, आईतवार १५:४७
सदरलाइनडटकम  ९ पुस, नेपालगन्ज : हरेक स्थानीय तहमा एक प्राविधिक शिक्षालय सञ्चालन गर्न सके मुलुकको विकासमा ठूलो आमूल परिवर्तन हुनसक्ने नेपालगन्जमा आयोजित कार्यक्रमका सहभागिले औल्याएका छन् । शिक्षा मन्त्रालयको आयोजना र युएनडिपीको सहयोगमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम नीति–२०६९ परिसंबादबाट पारित सुझावहरु सम्बन्धी कार्यशालाका सहभागिले सो कुरा औल्याएका हुन […]

सम्बन्धित