पे्रस स्वतन्त्रता सेनानी रामगोपाल बैष्यको निधन ,शनिबार दिउसो १ बजे बुलबुलियामा अन्तिम संस्कार गरिने

८ पुष २०७४, शनिबार १०:४२
 

सदरलाइनडटकम   
८ पुस, नेपालगन्ज : नेपालगन्जका बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामगोपा बैष्यको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समय यता प्रोस्टेट गल्याण्डको क्यान्सरबाट पीडित रहेका वरिष्ठ पत्रकार बैश्यको शुक्रबार राती ११ बजे आफ्नै निवासमा निधन भएको हो ।
२०२६ सालदेखि बर्दियाबाट पत्रकारिता थालेका स्व. वैष्यले राष्ट्रपुकार, चेतना साप्ताहिक बिबिसि मा समेत काम गरेका थिए । शंखनाद सास्ताहिकका प्रकाशक सम्पादक समेत रहेका उनको त्रिभुवन चोक बोल्दछ भन्ने स्तम्भ निक्कै चर्चित छ ।
छ छोरा एक छोरी र श्रीमतीसहित रानीतलाउ नजिकैको आफ्नो निवासमा बस्दै आएका स्व. बैष्यको हिन्दू परम्परा अनुसार शनिबार दिउसो १ बजे बुलबुलियामा अन्तिम संस्कार गरिने उनका साहिला छोरा तथा आजको सामना साप्ताहिकका प्रकाशक सम्पादक अजय गुप्ताले जानकारी दिए ।

Next Post

रुपैडिहामा वेवारिसे अवस्थामा नेपाली युवकको शव भेटियो

८ पुष २०७४, शनिबार १०:४२
सदरलाइनडटकम   ९ पुस, नेपालगन्ज : नेपाल–भारत सीमाक्षेत्र नजिकै भरतीय भूमी रुपैडिहाको पेट्रोलपम्प नजिकै वेवारिसे अवस्थामा नेपाली युवाको शव भेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर भारतीय भूमिमा मृृत अवस्थामा भेटिएको बाँके प्रहरीले पुष्टि गरेको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार मृतकको खल्तीमा भेटिएको बसको टिकटको […]

सम्बन्धित