मध्यपश्चिम क्षेत्रमा पाँच महिना भित्र भएका सवारी दुर्घटनामा ९९ ले ज्यान गुमाए

७ पुष २०७४, शुक्रबार १९:०४
 

सदरलाइनडटकम  
७ पुस, नेपालगन्ज : सडक र तीब्र गतीका कारण चालु अर्थिक वर्षको पाँच महिनाको अवधी भित्र मध्यपश्चिमका १३ जिल्लामा भएका १ सय ३५ वटा सवारी दुर्घटनामा परेर ९९ जनाले ज्यान गुमाउनुको साथै १ सय ६० गम्भीर घाइते र १ सय ६९ साधारण घाइते भएका छन् ।
मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार यो अवधीमा सबै भन्दा बढी सवारी दुर्घटना दाङ्गमा भएको पाईएको छ । यी घटनामा परेर मृत्यु र घाइते पनि दाङ्ग मै बढी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सवारी दुर्घटना हुनेमा सबै भन्दा बढी सानो सवारी मोटरसाईकल, टेक्टर र जीप कार बढी रहेको अनुसंन्धानको क्रममा पाईएको छ ।
क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले दिएको जानकारी अनुसार यस आर्थिक वर्षको पाँच महिनामा दाङ्गमा मात्र भएका ३९ वटा सवारी दुर्घटनामा २७ जनाले ज्यान गुमाए भने २८ जना गम्भीर घाइते र ३१ साधारण घाइते भएका छन् ।
यसैगरी जिल्ला ट्राफिक कार्यालय बाँकेको क्षेत्र भित्र २८ वटा सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए भने पाँच जना गम्भीर र २६ जना साधारण घाइते भएका छन् । क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरको क्षेत्र भित्र १६ वटा सवारी दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएको, १३ जना गम्भीर घाइते, ७ जना साधारण घाइते भएको उल्लेख छ ।
ट्राफिक प्रहरी उपरीक्षक खडकाले रुकुममा ८ जना, सल्यान ७, जुम्लामा ७, सुर्खेतमा ६, दैलेखमा ५, कालिकोटमा ५ प्युठानमा ४ जाजरकोटमा १ जनाले ज्यान गुमाएका छन् भने मुगु र रोल्पामा सवारी दुर्घटनाको कुनै घटना नै नभएको जानकारी दिए । उनले बाटोेको अवस्था का साथै तीब्र गतिको कारण सडक दुर्घटना हुने गरेको बताए ।
मुगुमा वर्षात भएको कारण सवारी साधन सञ्चालन मै नआएको र रोल्पामा मानविय क्षति हुने गरी दुर्घटना नभएको कारणले तथ्याङ्कमा नसमेटिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

Next Post

छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान नेपालगन्जमा

७ पुष २०७४, शुक्रबार १९:०४
सदरलाइनडटकम ७ पुस, नेपालगन्ज : छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान अन्तर्गत बालबिवाह अन्त्य र साझा संकल्प का अभिन्ताद्वय अन्तराष्टिय मोटिभेटर नरबहादुर कार्की र नायीका रेखा थापाले बालविबाह सम्मृद्धिको बाधक भएको बताएका छन् । नेपालगन्जबाट बाल बिबाह बिरुद्ध महाअभियानको सुरुवात गर्दै उनीहरुले सो कुरा बताएका हुन । विभिन्न विद्यालयका कक्षा ९ […]

सम्बन्धित