‘जनताको मतको सम्मान गर’

५ पुष २०७४, बुधबार १८:२५
 

सदरलाइनडटकम   
५ पुस, नेपालगन्ज : माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले जनताले दिएको मतको वाम गठबन्धनका सबै नेतृत्वले सम्मान गर्नुपर्ने बताएका छन् ।
बुधबार बाँकेको राप्तीसोनारी गाउपालिका–५ विनौनाको चिलरियामा आफन्त भेट्न पुगेका उनले सो कुरा बताउदै जनतमतले नै वाम गठबन्धनलाई एक हुन अपिल गरेकाले त्यसको विरुद्ध कोही पनि जान नसक्ने ठोकुवा गरे ।
केही दिनअघि सञ्चार माध्यममा नेता महरा माओवादी एमाले पार्टी एकिकरणको पक्षमा नभएको भन्दै आफु विरुद्ध भ्रम फैलाएको बताएउदै भने–‘देशभरीका लाखौं जनताले अनुमोधन गरेको गठबन्धनमा पार्टी एकिरणमा मलाई बाधक भनिएको कुरा सत्य होइन, म पार्टी एकिकरणकै पक्षमा छु । जनमतले नै अनुमोदन भएको निर्णय विरुद्ध कोही पनि जानसक्दैन, छिट्टै देशलाई समृद्धिमा लैजान वाम पार्टी एकता हुन्छ ।’ उनी आफुले वाम गठबन्धन निर्माणका समयमा समेत निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पार्टी एकिकरणको मुद्दालाई पनि पेचिलो बनाउने प्रतिबद्धता जनाएका छन् । गठबन्धनको सरकार निर्माणपछि समृद्धिको ढोका खुल्ने भएकाले आफुहरुको अस्तित्व विलुप्त हुने डरका कारण पराजित भएकाहरु आत्तिएर पार्टी एकताका विषयमा भ्रम फैलाइरहेको उनको दाबी छ ।


निर्वाचनपछि विकासको आशा गरेका जनतालाई महराले अब नयाँ सरकार गठन हुनेवित्तिकै जनताका सबै मागहरु पुरा हुँदै जाने बताए । राजनीतिक संक्रमणकालले थलिएको मुलुकलाई समृद्धिको बाटोमा उकास्न गठबन्धन सरकारले प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।
‘हाम्रा विषयमा बजारमा धेरैथरी कुरा गर्नेहरु छन्, तीनको पछि नलाग्नुहोला,’ जनतासामु महराले भने, ‘अरुले भनेजस्तो कुनै अधिनायकवाद लागु हुने होइन, अँझ जनताले विगतको भन्दा स्वतन्त्र र सुरक्षित महशुस गर्नेछन्, नेपाली भएकोमा तपाई सवैलाई गौरवाम्भित हुनेगरी गठबन्धन सरकारले काम गर्ने विश्वास दिलाउँछु ।’
उनले प्रदेश नं.५को राजधानी दाङ्गको विकल्प नभएको बताए । सरकारका उपप्रधान तथा विना विभागिय मन्त्री समेत रहेका नेता महराले अहिले चर्चा र विवादित भई रहेको प्रदेश नम्बर ५ को राजधानी तत्कालको लागि दाङको विकल्प नभएको बताएउदै भने–‘सबैलाई पायक पर्ने र पहिलेदेखि नै निर्णय भएको ठाउँ दाङ नै हो । अब सरकार निर्माण हुने समयमा आन्दोलन गरेर एकता भाँड्ने काम मात्रै हुन्छ, तत्कालललाई प्रदेश पाँचको केन्द्र अस्थायी रुपमा दाङमा नै हुन्छ ।’


 

Next Post

मध्यपश्चिम क्षेत्रमा पाँच महिना भित्र भएका सवारी दुर्घटनामा ९९ ले ज्यान गुमाए

५ पुष २०७४, बुधबार १८:२५
सदरलाइनडटकम   ७ पुस, नेपालगन्ज : सडक र तीब्र गतीका कारण चालु अर्थिक वर्षको पाँच महिनाको अवधी भित्र मध्यपश्चिमका १३ जिल्लामा भएका १ सय ३५ वटा सवारी दुर्घटनामा परेर ९९ जनाले ज्यान गुमाउनुको साथै १ सय ६० गम्भीर घाइते र १ सय ६९ साधारण घाइते भएका छन् । मध्यपश्चिम क्षेत्रीय ट्राफिक […]

सम्बन्धित