किशोरी माथि गस्तीमा रहेका म्यादी प्रहरीद्वारा सामुहिक बलात्कारको आरोप

४ पुष २०७४, मंगलवार १८:२४
 

सदरलाइनडटकम  
४ पुस, नेपालगन्ज : गस्तीमा रहेका म्यादी प्रहरीमाथि स्थानीय किशोरी बलात्कार गरेको आरोप लागेको छ । बाँकेको नरैनापुर–५ मटेहियामा १४ बर्षिया एक किशोरी माथि म्यादी प्रहरीद्वारा सामूहिक बलात्कार गरिएको आरोप लगाईएको छ ।
इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको स्थानीयबासीको भनाई रहेको छ ।
ईलाका प्रहरी कार्यालय भन्दा करिव ३ किलोमिटर उत्तर पूर्वमा गस्तीमा गएको बेलामा सो घटना भएको जानकारीमा आएको छ । किशोरी कराएपछि उद्धार गर्न पुगेका गाउँलेहरुले म्यादी प्रहरी टेकबहादुर विकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घटनामा संलग्न बाँकी २ जना म्यादी भने फरार भएको बताइएको छ । प्रहरीले फरार रहेका म्यादी प्रहरीको खोजी भैरहेको जनाएको छ ।
सोमबार साँझको घटना भएपनि स्थानीयस्तर मै घटना मिलाउने प्रयास सफल नभएको र विवाद सुरु भएपछि पीडित र पीडकलाई थप अनसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँके झिकाईएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले जानकारी दिए ।
उनले पीडितलाई नेपालगन्ज ल्याई पीडित किशोरीको स्वास्थ्य परिक्षण गर्ने पीडक माथि अनुसन्धान सुरु गरेको जनाए । पीडित किशोरीको मानसिक अवस्था विक्षिप्त रहेको गाउँलेले जनाएका छन् ।

Next Post

समयानूकुल शिक्षा नीति निर्माण गरिनु पर्छ : उपकुलपति कोईराला

४ पुष २०७४, मंगलवार १८:२४
सदरलाइनडटकम ५ पुस, नेपालगन्ज : नेपालगन्जमा जारी आठौ राष्ट्रिय शैक्षिक महोत्सव समयानूकुल शिक्षा नीति निर्माणको लागि राज्यलाई सुझाव दिदै बुधबार समापन भएको छ । गत मंसिर २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गरेको सो महोत्सवको मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाको प्रमुख आतिथ्यमा शिक्षा नीति समय अनुसार परिवर्तन हुनुपर्ने कुरामा जोड […]