स्वागतगेटको लागि खनेको खाडल आयोजकले नै मर्मत गर्ने

२६ मंसिर २०७४, मंगलवार १९:०७
 

सदरलाइनडटकम  
२६ मंसिर, नेपालगन्ज : नेपालगन्जमा बिहिवारदेखि सुरु हुने आठौ राष्ट्रिय शैक्षिक महोत्सवको तयारीको लागि नगरका विभिन्न स्थानहरुमा स्वागत गेट बनाउन आयोजकले तीब्रता दिएकै बेलामा सडक खनेर स्वागत गेट बनाएको भनेर सामाजिक सञ्जालमा व्यापक विरोध जनाईएको छ ।
पप्पु कन्सट्रक्सनले गुणस्तरहीन सडक निर्माण गरेको कारण खाडलमात्रै रहेको सो सडकमा बौद्धिक क्षेत्रले समेत स्वागत गेट निर्माणको लागि बाटो भरी खाडल खनेको विषय विभिन्न क्षेत्रबाट व्यापक रुपले उठान गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा मङ्सिर २८ गतेदेखि पुस ५ गतेसम्म आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४ आयोजना हुदैछ ।
महोत्सवको स्वागतद्वार निर्माणका लागि सुर्खेतरोडमा सडक खनिएको बिषयमा व्यापक विरोध आएपछि आयोजकका तर्फबाट प्रचार संयोजक बसन्त लामिछानेले स्वागत गेटका लागि खनिएको सडक महोत्सव आयोजकले नै मर्मत गर्ने गरी सडकसंग सम्झौता भएको जानकारी दिए ।
उनले भने–‘महोत्सवका लागि स्वागतद्वार बनाउदा नेपालगन्जमा फोरलेन सडकमा सडक नखनी स्वागत गेटका लागि प्रर्याप्त संरचना नभएका कारण महोत्सव सकिएलगत्तै पुरानै अवस्थामा प्राविधिकको रेखदेखमा मर्मतसम्भार गर्ने गरी सडक डिभिजनमा धरौटी राखेर मात्रै गेटका लागि सडक खन्नु परेको हो ।’
महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने महोत्सव प्रचारप्रसार समितिका संयोजक लामिछानेले जानकारी दिए । महोत्सवमा ७५ प्रतिशत भन्दा बढि स्टलहरुमा बिभिन्न विधाका स्थानीय, राष्ट्रियस्तरका पाठ्यपुस्तक, साहित्यिक कृति सहितका पुस्तकहरु रहनखेछन, लामिछानेले भने,– महोत्सव सफल पार्न आयोजक मात्रै होइन, नेपालगन्जबासी पनि लाग्नुहोस भन्ने अपेक्षा छ ।’ फोटो : नमस्कार शाहको फेशबुकबाट

Next Post

केन्द्र र प्रदेसको सरकार पछिमात्र पार्टी एकता : एमाले नेता पोख्रेल

२६ मंसिर २०७४, मंगलवार १९:०७
सदरलाइनडटकम २७ मंसिर, नेपालगन्ज : एमाले स्थायी समिति सदस्य तथा बामगठबन्धनबाट प्रदेस नं. ५ का प्रस्तावित मुख्यमन्त्री शंकर पोखे्रलले पाँच नंबर प्रदेसबाट पाहाड तराई अलग्याउने वकालत गर्नेहरु आफै पाखा लागेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो कुरा राख्दै सो कुरा बताएका हुन । […]