नेपालगन्जमा हुने आठौं शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा

२६ मंसिर २०७४, मंगलवार १८:२२
 

सदरलाइनडटकम  
२६ मंसिर, नेपालगन्ज : ‘सामाजिक रुपान्त्रणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ नेपालगन्जमा बिहीबारदेखि सुरु हुन लागेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
मंसिर २८ देखि पुस ५ गतेसम्म नेपालगन्जको कारकाँदोस्थित सडक विभागको परिसरमा सञ्चालन हुने सो महोत्सवको महामहिम उप–राष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्ने गरी तयारी अगाडि बढाईएको आयोजकले जनाएको छ ।
महोत्सव स्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले तयारी अन्तिम चरणमा पुगेको बताए । उनले महोत्सवका लागि १ सय ४० भन्दा बढि विभिन्न विधाका स्टलहरुसँग सम्झौता भइसकेको र अन्य स्टलसँग पनि सम्झौता हुने क्रम जारी रहेको जानकारी दिए ।
जसमध्ये ७५ प्रतिशत भन्दा बढि स्टलहरुमा विभिन्न विधाका स्थानीय, राष्ट्रियस्तरका पाठ्यपुस्तक, साहित्यीक कृति सहितका पुस्तकहरु रहने आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले जनकारी दिएको छ ।
प्रचार–प्रसार संयोजक बसन्त लामिछानेले महोत्सव अवधिभर विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिने र महोत्सवमा कपाल फुलेका बृद्धदेिख नर्सरी कक्षासम्म पढ्ने बालबालिका सहभागी हुने विश्वास व्यक्त गरे ।



महोत्सव उद्घाटन गर्नुअघि बिहान ९ बजे स्थानीय धम्बोझी चोकबाट शोभायात्रा निकालिने छ । शोभा यात्रामा विभिन्न झाँकी समावेश गरिने बताइएको छ । सो क्रममा केन्द्रीय र जिल्लास्तरका २/२ जना व्यक्तित्वलाई रथारोहन गराएर उद्घाटन कार्यक्रममा सम्मान गरिने आयोजकले जनाएको छ ।

Next Post

स्वागतगेटको लागि खनेको खाडल आयोजकले नै मर्मत गर्ने

२६ मंसिर २०७४, मंगलवार १८:२२
सदरलाइनडटकम   २६ मंसिर, नेपालगन्ज : नेपालगन्जमा बिहिवारदेखि सुरु हुने आठौ राष्ट्रिय शैक्षिक महोत्सवको तयारीको लागि नगरका विभिन्न स्थानहरुमा स्वागत गेट बनाउन आयोजकले तीब्रता दिएकै बेलामा सडक खनेर स्वागत गेट बनाएको भनेर सामाजिक सञ्जालमा व्यापक विरोध जनाईएको छ । पप्पु कन्सट्रक्सनले गुणस्तरहीन सडक निर्माण गरेको कारण खाडलमात्रै रहेको सो सडकमा बौद्धिक […]