युवा लक्षित युथ सेन्टर नेपालगन्जको न्यूरोडमा सञ्चालनमा

१९ मंसिर २०७४, मंगलवार २०:०६
 

सदरलाइनडटकम
१९ मंसिर, नेपालगन्ज : नेपालगन्जमा विभिन्न सामाजिक क्षेत्रकम युवाहरुलाई संगठित गर्ने उद्देस्यले युथ भोलेन्टियर सेन्टर सञ्चालनमा आएको छ । बहुमुखी सेवा केन्द्र र क्रियटिभ पिस भोलिन्र्टस क्लबको साझेदारीमा सञ्चालनमा ल्याईएको सो सेन्टरको नेपालगन्जका मेयर डा. धवलशम्शेर राणाले उद्घाटन गरे ।
युवाहरुको एउटा साझा थलोको रुपमा जहॉ फुर्सदको सदुपयोग गर्दै सकारात्मक जमघट र अन्र्तक्रिया गर्दै नयॉ शैली र प्रविधिबाट जीवन उपयोगी सीपहरु सिक्नका लागि सेन्टरले महत्वपूर्ण भुमिका निभाउने क्रियटिभ हेण्डसका टिएस ठकुरीले जानकारी दिए ।
बहुमुखि सेवा केन्द्रका प्रभात सिंह ठकुरीले स्वागत र सेन्टरको उदेश्यमाथि प्रकास पारेका थिए । नेपालगन्ज उपमहानगरपालिकाको न्यूरोडस्थित सेतुबिक चोकछेउमा युथ सेन्टरलाई प्रारम्भमा संयुक्त राष्ट्रसंघिय विकास नियोग (यूएनडीपी) ले प्राविधिक सहयोग गरेको यसको संचालन सन् २०१६ देखि नेपालगन्जमा सक्रिय अन्तर कलेज युवा क्लब क्रियटिभ पिस भोलेन्टियर्स क्लबले गर्नेछ ।
क्लबमा नेपालगन्जका विभिन्न कलेजहरुमा सोसियल वर्क, व्यवस्थापन र मानविकी संकायमा अध्ययनरत युवाहरु संलग्न छन् । क्लबले मुख्यतः स्वयम्सेवालाई प्राथमिकता दिदै विभिन्न राष्ट्रियस्तरका कलासंस्कृति साहित्य, खेलकुद्, इभेन्ट म्यानेजमेन्ट र सामाजिक क्षेत्रमा पनि युवा सम्बद्ध अभियान र कार्यक्रममा साझेदारी गर्दैआएको छ ।


युवा लक्षित यो सेन्टरमा प्रमुख राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय पत्रपत्रिकाहरु उपलब्ध हुनेछन् । युवाहरुले पत्रपत्रिकामा प्रकाशित विभिन्न अवसर र आवश्यकता सम्बन्धी सूचनाहरु सेन्टरमा आएर प्राप्त गर्नेछन् । त्यस्तै, पत्रपत्रिकाहरुको राम्रो फाईलिङ गरी पुराना अंक खोज्ने अनुसन्धानकर्ताका लागि पनि उपयोगी हुनेछ । त्यस्तै, अहिलेका समसामयिक पुस्तकहरु पढ्न पाईने मिनी लाईब्रेरी विकास गरिएको छ, जहॉ मुख्यतः युवाको रुची र चासोका पुस्तकहरु राखिने छ । त्यसले युवाहरु पुस्तकालय जाने र पुस्तक पढ्ने संस्कृतिको विकास हुनेछ ।


 

Next Post

बाँकेमा निर्वाचनको तयारी सकियो

१९ मंसिर २०७४, मंगलवार २०:०६
सदरलाइनडटकम  २० मंसिर, नेपालगन्ज : बाँकेमा भोली मंसिर २१ गतो हुने निर्वाचनको तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ । बाँकेमा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री सहित प्रत्येक मतदान केन्द्रमा पुगेर केन्द्रमा आवश्यक तयारी समेत गरी सकेको मुख्य निर्वाचन […]