काँग्रेस र राप्रपाका नेताले भने : लोकतान्त्रिक गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैन्

१७ मंसिर २०७४, आईतवार १९:१०
 

सदरलाइनडटकम
१७ मंसिर, नेपालगन्ज : चुनाव प्रचारका क्रममा रहेका काँग्रेस र राप्रपाका नेताले लोकतान्त्रिक गठबन्धनको जितलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा आईतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रमा मात्र जनताका हक अधिकार सुरक्षित हुने र विकास निर्माण सम्भव रहेको भन्दै लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको ठोकुवा गरेका हुन ।
नेपालगन्ज–२ घरबारीटोलमा लोकतान्त्रिक गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाले क्षेत्र नम्बर २ चुनावी जोडघटाउ हेर्दा लोकतान्त्रिक गठबन्धन पहिलो नम्बरमा रहेको जिकिर गरे ।
चुनाव सम्पन्न नहुँदासम्म दुबै दलका कार्यकर्ता यसरी नै संगठित भएर लागेमा नतिजा लोकतान्त्रिक गठबन्धनकै पक्षमा आउने निश्चित रहेको नेपालगन्ज उपमहानगरका मेयर समेत रहेका राणाले बताए ।
‘यो चुनाव लोकतान्त्रिक गठबन्धनले जित्नैपर्ने चुनाव हो, किनकी यसको थुप्रै कारण छन । नेपालगन्जलाई महानगरपालिका बनाउने, सुख्खा बन्दरगाह निर्माण गर्ने, अन्र्तराष्ट्रिय बिमानस्थल बनाउने लगायत महत्वपुर्ण काम गर्नुपर्ने भएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएपछि मात्र यो सबै काम गर्न सम्भव हुनेछ ।’
देशमा एकदलिय निरंकुश शासन व्यवस्था ल्याउने उद्देश्यले वाम गठबन्धन निर्माण भएको र क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनलाई नजिताए नेपालगन्ज उपमहानगरपालिकामा ठुला कामहरु अगाडी बढाउन कठिन हुने बताए । ‘वामपन्थी दल वा मधेसवादी दलले चुनाव जितेभने लोकतान्त्रिक गठबन्धनले जितेको नेपालगन्ज उपमहानगरपालिकाको कामलाई पाईला पाईलामा अवरोध पु¥याउनेछन्, त्यसको असर विकास निर्माणको काममा पुग्नेछ’– मेयर राणाले सुनाए ।
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाले २०४६ सालदेखि नेपाली जनताले धेरै परिवर्तन स्वीकार गरिसकेको उल्लेख गर्दै अब जनता पछाडी फर्किन नचाहने बताए ।
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले २१ औं शताब्दीका नेपाली जनताले एक तन्त्रिय कम्यूनिष्ट शासन व्यवस्थालाई स्वकार गर्न नसक्ने बताए । विश्वका धेरैजसो मुलुकमा कम्युनिष्टहरु पलायन भईसकेको बताउँदै नेपालमा पनि एक दलिय कम्युष्टि शासन ल्याउन खोज्नु आफै सखाप भएर जाने संकेत रहेको बताए ।
प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजादले लोकतान्त्रिक गठबन्धनले जित्नु नै सम्पुर्ण नेपालीको विजयी हुने बताए । यस्तै प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमालले मुलुकमा अहिलेसम्म भएका जति पनि विकास निर्माणको काम लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव भएको दाबी गरे । विकासको एजेण्डालाई लिएर हामी अगाडी बढेका छौं, यो मुलुकमा अब राजनीतिक क्रान्ति मात्र होईन, आर्थिक औद्योगिक र कृषि क्रान्ति गर्नुपर्ने बेला भएको छ, यो कुरा लोकतान्त्रिक शक्तिबाट मात्रै सम्भव छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ चुनाव प्रचार–प्रसार समितिका उप–संयोजक मनोज श्रेष्ठको सभापतित्वमा सम्पन्न चुनावी सभालाई राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाली काँग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ता लगायतले सम्बोधन गरेका थिए । लोकतान्त्रिक गठबन्धनले आईतबार बाँकेको क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा पनि चुनावी सभा गरेको छ ।


   

Next Post

सिमान्तकृत र बहिष्करणमा परेकाहरुको लागि बाम गठबन्धनको विकल्प छैन

१७ मंसिर २०७४, आईतवार १९:१०
सदरलाइनडटकम १७ मंसिर, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं. ३ का मतदाताहरुले सिमान्तकृत र बहिष्करणमा परेकाहरुको लागि बाम गठबन्धनको विकल्प हुन नसक्ने ठोकुवा गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं. ३ को खजुराखर्दमा आयोजित सभालाई सम्बोधन गर्दै बाम गठबन्धनका नेताहरु समक्ष स्थानीयले सो कुरा बताएका हुन । उनीहरुले मधेसी र […]