विकासका लागि वामगठबन्धनका उम्मेद्वार जिताउन स्थानीयको आग्रह

१० मंसिर २०७४, आईतवार १८:१५
 

सदरलाइनडटकम
१० मंसिर, नेपालगन्ज : वाम गठबन्धनका उम्मेद्वारसहितको प्रचार टोलीले आईतबार नेपालगन्ज–१५, पिप्रहवा र जमुनाहा गाउँमा घरदैलो अभियान सम्पन्न गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ ख का उम्मेदवार सहितको टोली सो ठाँउमा पुग्दा स्थानीय बासिन्दाहरुले नै आफुहरु बाम गठबन्धनको पक्षमा मतदान गर्ने बताएका थिए ।
स्थानीय अक्रम अन्सारीले जात, धर्म, समुदायको पछाडि नलागेर विकास गर्नेलाई मत दिन गाउँबासीलाई आग्रह गरे । ‘आजसम्म धेरैले झुटो आश्वासन दिएर भोट लगे । अब त्यस्तो नगर्नुहोला । देशको विकास वाम गठबन्धनले गर्ने भएकाले बाम गठबन्धनकै उम्मेद्वारलाई जिताउनुस्,’ अक्रमले भने ।
वामगठबन्धन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेद्वार मिश्रले भने,‘हामीलाई पैसा कमाउनका लागि सांसद हुनु छैन । व्यापार व्यवसायले नै घर खर्च चल्छ । विशुद्ध समाजसेवाका लागि मैले उम्मेद्वारी दिएको हुँ ।’ मिश्रले अब वामपन्थीको स्थायी सरकार हुने र त्यसले जिल्लाको विकासमा टेवा पु¥याउने बताए ।
सुख्खा बन्दरगाह, रिङ्गरोड, नेपालगन्ज विश्वविद्यालय, भेरी अञ्चल अस्पतालको स्तरोन्नती, अन्तर्राष्ट्रिय विमानस्थल लगायतका धेरै योजनाहरु आफूहरुले अगाडि सारेको मिश्रले बताए । ‘बाँके पछाडी पर्नुमा अहिलेसम्म सही नेतृत्व भएन,’ मिश्रले भने, ‘मलाई जिताउनुस्, मैले पाँच वर्षमा जिल्लाको विकासमा आमुल परिवर्तन गर्छु ।’
वाम गठबन्धन क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले विधायकको पारिश्रमिक गरिब, पिछडिएका वर्ग समुदायको विकासमा खर्च गर्ने बताए । ‘जमुनाहा हाम्रो मुख्य प्रवेशद्वार हो, पहिला यसको विकास गरेर भारतीय पर्यटकहरुका लागि प्रवेशद्वारका रुपमा चिनाउने लक्ष्य छ,’ उम्मेद्वार गुप्ताले भने, ‘दुई देशबीचको प्रवेशद्वारलाई व्यवस्थित र पर्यटनमैत्री बनाउनुछ ।’
घरदैलोमा जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक एवं समानुपातिक उम्मेद्वार दिनेशचन्द्र यादव, रुवी खाँन, तलत प्रविण अन्सारी, कलामुन अन्सारी, आदेश अग्रवाल, निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का सहसंयोजक निरक गुरुङ्ग, निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ का संयोजक रविन्द्र लम्साल, पिप्रहवाका स्थानीय राकेश बर्मा लगायत नेता कार्यकर्ता सहभागि थिए ।   


????????????????????????????????????

Next Post

काँग्रेसको पक्षमा जनलहर देख्दा विपक्षि आत्तियो : सिग्देल

१० मंसिर २०७४, आईतवार १८:१५
सदरलाइनडटकम  १० मंसिर, नेपालगन्ज : नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार उपसमितिका उपसंयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले चुनावी अभियानको बारेमा पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भइरहेका चुनाव प्रचारको गतिविधिबारे जानकारी लिएका छन् । प्रदेश नंबर सातको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पसेर बाँके निस्केका प्रेस युनियन अध्यक्ष सिग्देलले ती […]

सम्बन्धित