एकीकृत राप्रापाको जितले मात्र जनताको समस्या सम्बोधन हुने

९ मंसिर २०७४, शनिबार १९:१८
 

सदरलाइनडटकम
९ मंसिर, नेपालगन्ज : एकीकृत राप्रपा राष्ट्रबादीका प्रवक्ता तथा बाँके प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार तेजनारायण कंडेलले आफुले जितेमा जनताको जनजिविकाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रको तेलियनपुरवा, रामबाग, जोधपुरवा लगायतका क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाटपछि आयोजित कोणसभामा सो कुरा बताएका हुन ।
उनले आफु घरदैलोमा पुग्दा मतदाताको न्यानो स्वागत संगै विभिन्न विकास निर्माणको कुरा माग भएर आउने गरेको बताए । कतै बाटोघाटो, नाली र विजुलीका पोलहरु नपुगेकोे, खानेपानी समस्या रहेको जस्ता मागहरु आउने गरेको बताए ।
उनले आफ्नो चुनावी अभियानले पार्टी र मतदाता दुबैलाई हौसला थपेको बताए । एकीकृत राप्रपा राष्ट्रबादीले विभिन्न पाँच मुख्य एजेण्डासहित चुनावी मैदानमा उत्रिएको छ । राजसंस्था र हिन्दूराष्ट्रको स्थापनालगायतका रहेका छन् ।


  

Next Post

चुनावको मुखमै गुल्मीका प्रभावशाली नेता ज्ञवालीलाई जिताउन राजमोको सर्मथन

९ मंसिर २०७४, शनिबार १९:१८
सदरलाइनडटकम    ९ मंसिर, गुल्मी  : आगमाी मंसिर २१ गते हुने निर्वाचनमा गुल्मी क्षेत्र न। १ का साझा बामपंथी उम्मेदवार तथा प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई जिताउन चौतर्फि सहयोगी हातहरु अघि बढेका छन् । निर्बाचनको तिथि नजिकिदै गर्दा अहिले देश र गुल्मीको आवस्यकता प्रभावशाली नेता ज्ञवाली भएकोले केन्द्रले दिएको निर्देशन अनुसार राष्ट्रिय […]