बामगठबन्धनको पक्षमा मतमाग्दै के भने नेपालगन्ज उद्योगबाणिज्य संघका अध्यक्ष बैष्यले … (भिडियो सहित)

९ मंसिर २०७४, शनिबार १७:१५
 

सदरलाइनडटकम  
९ मंसिर, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्यले बामगठबन्धनका लागि मत मागेका छन् । उनले शनिबार नेपाल मुस्लिम ईत्तेहाद संगठन र मुस्लिम मुक्तिमोर्चाले आयोजना गरेको प्रचार अभियानलाई सम्बोधन गर्दै बाम गठबन्धनले जितेमा मात्र सबैको भलो हुने बताएका हुन ।
उनले भने–‘ठूला पार्टीको तर्फबाट बाँकेमा पहिलो पटक बामगठबन्धनले तीन वटै सिटमा मधेशी अनुहारलाई उम्मेदवार बनाएको छ । म नन्दलाल बैष्य नेपालगन्जबासीको हैसियतले बाँके र नेपालगन्जको विकासको लागि बाम गठबन्धनलाई जिताउन अपिल गर्दछु ।’
मुस्लिम समुदायद्वारा बामगठबन्धनको प्रचार अभियानमा निकालिएको सो र्यालीलाई नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष ताज मोहम्द, बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पशुपतिदयाल मिश्र, क्षेत्र नं. २ क र ख का उम्मेदवार कामता प्रसाद सोनखर र विजयकुमार गुप्ताले सम्बोधन गरेका थिए ।


Next Post

बाँके क्षेत्र नं. ३ मा गाउँ केन्द्रित कोणसभामा बामगठबन्धन

९ मंसिर २०७४, शनिबार १७:१५
सदरलाइनडटकम  ,                          ९ मंसिर, नेपालगन्ज : मंसिर २१ नजिकिदै गर्दा बाँकेमा विभिन्न राजनीतिक दलहरुले पचार अभियानलाई तीब्र पारेका छन् । यस क्रममा बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा आसन्न प्रतिनिधीसभा र प्रदेशसभाका निर्वाचनको प्रचारका लागि गाउँ […]