पञ्चायतकालको परिवर्तनको सपना साकार गर्न बामगठबन्धलाई जिताउन आग्रह

८ मंसिर २०७४, शुक्रबार १९:५५
 

सदरलाइनडटकम
८ मंसिर, नेपालगन्ज :  बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका उम्मेदवारहरुले पञ्चायतकालमा नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्व.मनमोहन अधिकारीलाई सेल्टर दिएर सुरक्षा दिने सीतापुर र राधापुरबासीका सपना साकार हुने दिन आएको बताएका छन ।
सीतापुरको पुल्चौकमा शुक्रबार भएको आमसभामा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले भने,– हिजो पंचायतका कालरात्रीमा समाजवादको परिकल्पना गर्दै स्व. मनमोहन अधिकारीलाई सेल्टर दिने सीतापुर र राधापुरका जनता हुन, अब राधापुर र सीतापुरबासीको सपना साकार हुने दिन आउदैछ ।
नन्दलालको अगुवाईमा सीतापुर र राधापुरमा पंचायतकालदेखि नै बामपन्थीको बर्चश्व रहदै आएको छ । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, शालिकराम खडका लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच शुक्रबार नै सीतापुर र राधापुरमा शुक्रबार घरदैलो र आमसभा सम्पन्न गरेको छ । प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमको सहभागितामा राधापुरमा भएको घरदैलोमा स्थानीय बासिन्दाले उम्मेदवारहरुलाई भव्यरुपमा स्वागत गरेका थिए । बामपन्थिको गढको रुपमा रहेको राधापुरबासीले बिगतमा झै यसपटक पनि आफुहरुको मत बाम उम्मेदवारलाई भएको बताए ।
वडा अध्यक्ष सुमन मल्ल सहितका स्थानीय बासिन्दाहरुले यसपटक बिगतमा भन्दा बढि भोट बाम उम्मेदवारहरुले पाउने बताए । उम्मेदवार रोकाय र गौतमले राधापुरबासीबाट पाएको सम्मान आफुहरुका लागि सदै स्मरणीय रहने बताउदै राधापुरको विकासका लागि सधै प्रयासरत रहने बताए । घरदैलोमा बाम गठबन्धनका नेताहरु खत्री, डम्बर विक, शालिकराम खडका, भद्रप्रसाद देवकोटा, मगनसिंह थापा, सतिश निरौला, पदम धिताल , रक्षाराम बर्मा लगायत उपस्थित थिए । 

Next Post

नेपालगन्जका अनलाईनकर्मीहरु संगठित, सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति

८ मंसिर २०७४, शुक्रबार १९:५५
सदरलाइनडटकम  ९ मंसिर, नेपालगन्ज : नेपालगन्जका अनलाईन सञ्चार माध्यामलाई व्यवस्थित र डिजिटल सञ्चारको महत्वबारेमा सञ्चार उपभोक्तालाई जानकारी गराउने उद्देश्यले नेपलागन्जका अनलाइनकर्मीहरु संगठित भएका छन् । शनिबार नेपालगन्जमा भएको भेलाबाट रुद्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय अनलाईन जर्नालिस्ट एसोसियसन नेपालगन्ज (ओजान) गठन गरिएको हो । ओजानको सचिवमा काशीराम शर्मा र कोषाध्यक्षमा कृष्ण […]