नेपालगन्जमा बाम गठबन्धनको घरदैलो र सम्पर्क कार्यालय उद्घाटन

२९ कार्तिक २०७४, बुधबार ११:०७
 

सदरलाइनडटकम
२९ कात्तिक, नेपालगन्ज : बाम गठबन्धनका उम्मेदवार सहित बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रचार अभियान तीब्र बनाएको छ । बुधबार बिहान निर्वाचन क्षेत्र नं. २ ख को नेपालगन्जको एकलैनीमा प्रचार प्रसार कार्यालय समेतको उद्घाटन गर्दै प्रचार तथा घरदैलो अभियान सुरु गरेको निर्वाचन परिचालन समितिका संयोजक दामोदर आचार्यले जानकारी दिए ।
बाँके निर्वाचन क्षेत्र नंं. २ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फका उम्मेदवार पशुपति दयाल मिश्र, समानुपातिक तर्फका उम्मेदवार रुवी खान पठान, र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ ख का प्रत्यक्ष तर्फका उम्मेदवार बिजय गुप्ता समानुपातिक उम्मेदवार तलत प्रविण खान, आदेशकुमार अग्रवाल, पार्वती पुन, कलामुन अन्सारीलगायतका उम्मेदवार सहितको टोलीले मतदाता समक्ष पुगेर मत मागेको निर्वाचन परिचालन समितिका सचिव दत्त आचार्यले जानकारी दिए ।


स्थायी सरकार र मुलुकको विकासको लागि बाम गठबन्धनलाई मत दिन आग्रह गर्दै बाम गठबन्धनका उम्मेदवार पशुपति दायाल मिश्रले भने–‘ देशमा अमन चैन, विकासको लागि बाम गठबन्धनलाई भोट दिनुहोस हामी तपाईले अपेक्षा गरेको सरकार, शान्ति सुशासन र विकास गर्ने छौ ।’


उनले आफुहरु मतदाता समक्ष पुग्दा मतदातामा आफुहरुप्रति िविश्वास र भरोसा रहेको बताउदै भने–‘हामीले मतदातामा हामीहरु प्रति भरोसा र विश्वास गरेको पाएका छौ । उनीहरु विश्वस्त रुपमा बाम गठबन्धनलाई मत दिन आतुर छन् ।’
बाँके निर्वाचन क्षेत्र नं. २ ख का प्रत्यक्ष उम्मेदवार विजय गुप्ताले समग्र बाँके र नेपालगन्जको विकासको लागि बाम गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । उनले भने–‘बाम गठबन्धनको जितले नै यहाँको विकास संभव छ । हिजो हाम्रो नेतृत्वमा रहेको नेपालगन्ज नगरपालिका भित्र भएको विकासले पनि तपाईहरु आँकलन गर्न सक्नुहुन्छ ।’



उनले बामगठबन्धनले सबैको विकासको लागि योजना बनाउदै काम गर्ने तर अन्य गठबन्धनले आफ्नो मात्र हित र विकासमा सोच्ने भएकोले पनि अरु र बाम गठबन्धनको भनाई र गराईमा फरक रहेको दाबी गर्दै भने–‘तपाईहरु आफै भन्नुहोस पञ्चायतको समाप्ती पछि सबै भन्दा बढी सत्तामा को रह्यो र कसका कारणले मुलुकको अवस्था यो भयो ।’

    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाम गठबन्धनका उम्मेदवारलाई जयसपुर र रनियापुरका मुस्लिम समुदायद्वारा भब्य स्वागत

२९ कार्तिक २०७४, बुधबार ११:०७
सदरलाइनडटकम   २९ कात्तिक, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं.३ का बाम गठबन्धन उम्मेदवारहरुलाई जयसरपुर र रनियाँपुरका मुस्लिम मतदाताहरुले भव्य स्वागत गरेका छन । बुधबार जयसपुरमा घरदैलोमा पुगेका क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ ख का उम्मेदवार बाबुराम गौतमलाई पुर्ब गाविस अध्यक्ष कलिम अन्सारी लगायतका […]

सम्बन्धित