विकासका लागि काँग्रेस र राप्रपालाई जिताउन नेपालगन्जका मेयरको अपिल

२८ कार्तिक २०७४, मंगलवार २०:५१
 

सदरलाइनडटकम  
२८ कात्तिक, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनले नेपालगन्जको वडा नम्बर ४ स्थित सल्यानीबाग क्षेत्रमा मंगलबार प्रचार अभियान सञ्चालन गरेको छ । सो गठबन्धनले चुनावी प्रचार प्रसार तथा कोण सभा समेत आयोजना गरेको जनाएको छ ।
कोण सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगर मेयर धवलसम्शेर राणाले बाँके क्षेत्र नम्बर २ काँग्रेस र राप्रपाको गढ भएकाले फेरी पनि मतदाताले लोकतान्त्रिक शक्तिलाई जिताउ आव्हान गरे ।
स्थानीय तहको चुनावमा नेपालगन्जबासीले राप्रपा र नेपाली काँग्रेसलाई जिताएको स्मरण गराउँदै मेयर राणाले उपमहानगर सहित समग्र बाँके जिल्लाको विकासका लागि फेरी पनि काँग्रेस र राप्रपालाई जिताउन आग्रह गरे ।
महामन्त्री राणाले लोकतन्त्र र प्रजातन्त्र जोगाउनका लागि फेरी एक पटक लोकतन्त्रवादी शक्तिलाई मतदान गर्न अनुरोध गरे । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको सहयोग र सहकार्य बिना विकास गर्न कठिन हुने भएकोले भोली बिचार नमिल्ने व्यक्ति निर्वाचित भयो भने काम गर्न कठिन हुने भएकोले पनि यसक्षेत्रको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले देशलाई अप्ठ्यारो पर्दा नेपाली काँग्रेस र राप्रपा एकै ठाउँमा उभिनु परेको बताए । राप्रपा लोकतन्त्रप्रति आस्था राख्ने पार्टी भएको हुनाले केन्द्रमा भएको निर्णयलाई काँग्रेसले पनि जिल्लामा स्वीकार गरेर लोकतन्त्र बचाउने यो महाअभियानमा लागेको स्पष्ट पारे ।



राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नितान्त विचारको लडाई भएको बताए । लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजादले चुनावी मैदानमा उत्रिएका उम्मेदवारको सम्पूर्ण पहिचान हेरेर मात्र भोट हाल्न मतदातालाई अनुरोध गरे । यस्तै प्रदेश सभा–२ ख बाट काँग्रेसका उम्मेदवार सुरेन्द्र हमालले जनताकै बलबाट लोकतन्त्र प्राप्त भएको र अहिले लोकतन्त्र संकटमा पर्दा यसलाई जोगाउन नेपाली जनताले अहिले पनि साथ दिने विश्वास गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक स्तरउन्नतीमा एमाले उम्मेदवारको जोड

२८ कार्तिक २०७४, मंगलवार २०:५१
सदरलाइनडटकम  २८ कात्तिक नेपालगन्ज : बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ र प्रदेशसभाका उम्मेदवारहरुले सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने आफुहरुको प्राथमिकतामा रहेको बताएका छन । सितापुरमा मंगलबार भएको भेलामा प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले सडक सुधार र स्तरउन्नती […]

सम्बन्धित