बाढी समस्या समाधान गर्नेलाई मात्र भोट दिने बाढी प्रभावित क्षेत्रका मतदाता

२७ कार्तिक २०७४, सोमबार १९:२७
 

सदरलाइनडटकम
२७ कात्तिक, नेपालगन्ज : बाढीपीडित मतदाता कहाँ पुगेका संघीय समाजवादी फोरम नेपालबाट बाँके क्षेत्र नम्बर २ क का उम्मेदवार विजयबहादुर यादवलाई वर्षेनी हुने बाढीको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
अन्य पार्टीका उम्मेदवार मतमाग्न बाढीपीडित कहाँ नपुगेको अवस्थामा होलिया ३ कटैयामा पुगेका यादवलाई आफूहरुको समस्याको स्थायी समाधान खोज्न सुझाव दिए । हामी भोट दिन्छौ तर बाढीको स्थायी समाधान दिन उनीहरुको माग गरे ।
उम्मेदवार यादवले आफूले अहिलेसम्म पार्टीबाट उम्मेदवार नउठेको र यो पहिलो अवसर भएकोले आफूलाई जिताए बाढीको स्थायी समस्या हटाउन पहल गर्ने बताए । अहिलेसम्म मैले जनताको नेतृत्व गर्ने अवसर नपाएको भन्दै उनले अवसर दिएमा त्यो सफल पार्ने प्रतिबद्धता जनाए ।
आफू पनि होलियाबासी भएकोले बाढीपीडितको समस्यासंग नजिक रहेको भन्दै उनले आफूलाई एकपटक जिताउन आग्रह गरे । यादवले चुनावी प्रचारका क्रममा डुडुवा ६ को हिरमिनिया र ३ को कटैयामा मतदाता र कार्यकर्ता भेटघाट गरेका थिए । स्थानीयसंग उनले विकास बाटोघाटो, सडक र भौतिक निर्माणका माग राखे ।
बाढीपीडितले स्थानीय निकायबाट राहात वितरण प्रभावकारी नभएको भन्दै राहातका विषयमा समेत पहल गर्न उम्मेदवारसंग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुछबधिया लगायतसिमान्तकृतको समस्याप्रति गम्भीर छौं–उम्मेदवार गौतम

२७ कार्तिक २०७४, सोमबार १९:२७
सदरलाइनडटकम २७ कात्तिक, नेपालगन्ज : बामगठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले सिमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि पहल गर्ने बताएका छन । बामगठबन्धनले सोमबार इन्द्रपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उम्मेदवार गौतमले पत्थर कट्टाको काम गरी जीवनयापन गर्र्दै आएका कुसबधियालाई सहज र सरल ढंगले पत्थरको […]