नेपालगन्जमा काँग्रेसको क्षेत्रीय मिडिया सेन्टर स्थापना

२७ कार्तिक २०७४, सोमबार १८:३५
 

सदरलाइनडटकम  
२७ कात्तिक, नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरी एक पटक लोकतान्त्रिक शक्तिलाई मत दिनु पर्ने बताएका छन् ।
उनले सोमबार नेपालगन्जमा आगामि मंसिर २१ हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेसले सञ्चालनमा ल्याएको क्षेत्रीयस्तरको मिडिया सेन्टरको उद्घाटन गर्दै सो कुरा बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका सह–संयोजक पाण्डेले  उद्घाटन  समारोहलाई  सम्बोधन गर्दै उनले  भने,  ‘वाम गठबन्धनबाट जुनखालका अभिव्यक्ति आइरहेका  छन,  त्यसले मुलुकमा फेरी अधिनायकवाद  ल्याउन निश्चित  छ, अधिनायकवादलाई समाप्त  पार्न  नेपाली जनताले फेरी एकपटक हामीलाई भोट दिनुहुने छ ।’
देशलाई अप्ठ्यारो परेको बेला नेपाली जनताले सधै नेपाली काँग्रेसलाई साथ दिएको स्मरण गराउँदै केन्द्रीय सदस्य पाण्डेले अहिले पनि लोकतन्त्र खतरामा परेको अवस्थामा नेपाली जनताले काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । ‘हिजोका दिनमा नेपाली काँग्रेसलाई समाप्त पार्न खोज्ने शक्तिहरु आफै समाप्त भएर गएको ईतिहास छर्लंग छ, कम्युनिष्टहरु पनि आफै सिद्दिन खोज्दैछन्,’ उनले भने ।
मुलुकमा साम्यवाद ल्याउने स्वयं बाम गठबन्धनले अभिव्यक्ति दिइरहँदा लोकतन्त्र, संघियता, समावेशिता नै नरहने हो कि भन्ने खतरा रहेको नेता पाण्डेले बताए । लोकतन्त्र खतरामा पर्ने अवस्था देखिएपछि नेपाली काँग्रेस लगायत लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनु परेको उनको दावी छ ।‘अबको चुनाव प्रजातान्त्रिक परिपाटी रोज्ने कि कम्यूनिष्ट शासन रोज्ने भन्ने परिक्षाको घडी पनि हो’ उनले भने ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले लोकतन्त्र रक्षाको लागि आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन सम्पूर्ण नेपालीलाई आग्रह गरिन ।


मिडिया सेन्टर उद्घाटन कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटा, नेपाली काँग्रेस केन्द्रीय प्रचार–प्रसार समितिका सदस्य एवम् नेपाल प्रेस युनियनका पुर्वअध्यक्ष समिरजंग शाह, नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणा, प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ क का उम्मेदवार निरन्जनसिंह सिजापति, प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्धन नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।
नेपालगन्जको धम्बोझीस्थित पाहुनाघर पछाडी रेडियो सदभाव नजिक स्थापना भएको क्षेत्रीयस्तरको मिडिया सेन्टरको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ, सल्यान र पुर्वी रुकुम रहेको केन्द्रिय प्रचार–प्रसार समितिका सदस्य शाहले जानकारी दिए ।
क्षेत्रीय मिडिया सेन्टरको संयोजकको जिम्मेवारी पत्रकार शुक्रऋषि चौलागाईलाई दिइएको छ, भने सम्बन्धित जिल्लाका प्रेस युनियनका सभापति पदेन सदस्य रहने छन् । मिडिया सेन्टरबाट नेपाली काँग्रेस तथा लोकतान्त्रिक गठबन्धनका चुनाव सम्बन्धी गतिविधीका समाचार सम्प्रेशन गर्नेछ । नेपाली काँग्रेसले ७ वटा प्रदेशका ९ स्थानमा सोमबार एकैसाथ मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरी जवान ७ हजारसहित अख्तियारको फन्दामा

२७ कार्तिक २०७४, सोमबार १८:३५
सदरलाइनडटकम   २७ कात्तिक, नेपालगन्ज  : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालय कोहलपुरको टोलीले नेपालगन्जको धम्बोझीचोक नजिकबाट सम्भुप्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत प्रहरी जवानलाई सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारको कब्जामा परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालयका प्रमुख इश्वर कार्कीका […]

सम्बन्धित