निवर्तमान नेपाली काँग्रेसका संसद सिद्दिकी भन्छन : सुशीलको निर्वाचन क्षेत्रमा राप्रपालाई भोट माग्न जान्न

२४ कार्तिक २०७४, शुक्रबार १८:४७
 

सदरलाइन / रुद्र सुवेदी   

२४ कात्तिक, नेपालगन्ज  : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिएको भन्दै बाँके काँग्रेसका प्रभावशाली नेताहरु रुष्ट हुँदै राप्रपाका लागि मत नमाग्ने बताएका छन् । स्व. कोईरालाको निर्वाचन क्षेत्र रहेको बाँकेको प्रतिनिधि सभाको क्षेत्र नम्बर २ (पुरानो क्षेत्र नं. ३) मा काँग्रेसले कुनै पनि मूल्य र मान्यतामा छाड्न नहुने तर्क अघि सार्दै उनीहरु रुष्ट भएका हुन ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसको सहयोगमा राप्रापाका ओम प्रकाश आजाद उम्मेदवार भएपछि बाँके काँग्रेसका पुराना तथा पार्टीमा लामो योगदान भएका नेताहरु केन्द्रको सो निर्देशनको मौन विरोधमा छन् । उनीहरु पार्टीको चुनावि गतिविधिका कार्यक्रममा सकेसम्म नदेखिने देखिए पनि आफ्नो सक्रियता नजनाउने रणनीतिमा छन् ।
बाँकेका रुष्ट काँग्रेसीजनको नेतृत्व यतिबेला निबर्तमान सांसद अब्दुल हमिद सिद्दिकी भोलाले गरि रहेका छन् । उनले कुनै पनि हालतमा आफु सुशील कोईरालाको निर्वाचन क्षेत्रमा गाईको लागि भोट माग्न नजाने घोषणा नै गरेका छन् । उनले भने–‘पार्टी केन्द्रले पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको राजनीतिक ईतिहास नै मेटाउनले प्रयास गरिएको हामी त्यसको विरोधमा छौ । कुनै पनि अवस्थामा म गाईमा भोट हाल भनेर भोट माग्न जाँदीन ।’
बाँके काँग्रेस र कोइराला परिवारका लागि समेत प्रतिष्ठाको सिट रहेको बाँके क्षेत्र नम्बर २ का लागि मोहम्मदी सिद्दीकी, राजकुमार बर्मा, अब्दुल हमिद सिद्दिकी भोला र युवराज शर्माले दावी गरेको भए पनि पार्टी केन्द्रल सो सिट राप्रपालाई छाडेर अन्य २ वटा क्षेत्रमा राप्रपाको सहयोग लिएको काँग्रेसका एक स्थानीय नेताले बताए ।
नेपाली काँग्रेसले वाम गठबन्धनसंग प्रतिष्पर्धा गर्न राप्रपाको सहयोग लिएर एक क्षेत्र छोडेर अन्य दुई क्षेत्रमा जित्ने योजना बनाईरहे पनि काँग्रेसका अधिकांश तल्लो तहका नेता कार्यकर्ता सो सहमतिको बिरोधमा देखिएका छन् । काँग्रेसले अन्य क्षेत्रलाई राप्रपाका लागि छाडेपनि स्वर्गिय कोइरालाको क्षेत्रलाई भने छाड्न नहुने अधिकांशको धारणा छ ।
राजनीतिक दृष्टिले क्षेत्र नं. २ सँग नेपाली काँग्रेसको प्रतिष्ठा जोडिएकोले सो क्षेत्र छाड्न नहुने जनाउँदै निवर्तमान सांसद सिद्दिकीले त्यसबाट काँग्रेस कमजोर हुने बताए । उनले कुनै पनि हालतमा कोइरालाको क्षेत्रलाई अन्य दललाई दिन नहुने अडान राखेको भएपनि केन्द्रले राप्रपालाई दिएपछि उनी खुलेरै बिरधमा उत्रिएका छन् ।
उनले भने–‘पार्टीले हाम्रो सुनुवाई नगरेपछि चारतारे झण्डा र चुनाव चिन्ह रुखसंगै गाईलाई लिएर आफुहरु हिड्नै नसक्ने भएकोले बिहीबार संयुक्त प्रचार अभियानको उद्दघाटन कार्यक्रममा समेत गईन ।’ उनले चारतारे झण्डा र चुनाव चिन्ह रुख लिएर हिड्ने भए मात्र आफु प्रचारमा हिड्ने कुरा स्पष्ट रुपमा पार्टीमा राखेको बताए ।
उनले भने–‘राप्रपाको उम्मेदवार बोकेर हिड्नलाई हिजो स्थानीय निर्वाचनमा लुकी लुकी गाईलाई भोट हाल्नेहरु खुसी होलान तर, हाम्रा पार्टी सभापतिको निर्वाचन क्षेत्र त्यसमा पनि गैह्र काँग्रेसी उम्मदवारको लागि भोटमाग्न मेरो नैतिकताले दिएन त्यसैले म संयुक्त प्रचारको कुनैपनि कार्यक्रममा जान्न र गाईलाई भोट माग्दा पनि माग्दीन ।’
पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति समेत भईसकेका स्वर्गीय कोइरालाको निर्वाचन क्षेत्रलाई नेपाली काँग्रेसले अन्य दलका लागि छाड्नुको सट्टा सो सिट जसरी पनि जितेर कोइरालाको मान सम्मान बढाउनु पर्ने पुराना काँग्रेसी नेताहरुले भने पनि पूर्व जिल्ला सभापति गजेन्द्र हमालले सामाजिक सञ्जाल मै ठाडै बिरोध गर्दै सुशील कोईरालाको निर्वाचन क्षेत्र राप्रपालाई छाड्न नहुने बताएका छन् ।
उता, वाम गठबन्धनबाट पशुपति दयाल मिश्र र संघिय समाजवादी फोरमबाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राइले निर्वाचन प्रचार प्रसारलाई तिव्र पारि सकेका छन् । दुईजना शसक्त उम्मेदवारले निर्वाचन प्रचारलाई तिव्र पारी सके पनि काँग्रेसले आफुले जित्ने आधार भएको र पार्टीको ईतिहास बोकेको सिट राप्रपालाई दिदा स्थानीय नेता कार्यकर्तामा अन्यौलता छाएको नेपाली काँग्रेस बाँकेका पूर्व सभापति हमालको भनाई छ । सो क्षेत्र राप्रपालाई दिएको तथा पार्टी केन्द्रले जिल्लाको सिफारिस तथा परामर्शलाई सुनुवाई नगरेको भन्दै रुष्ठ भएका कार्यकर्ताहरुले मनोनयन दर्ताको दिनमै नेपाली काँग्रेस बाँकेको कार्यालयमा तालबन्दी गरेका थिए ।
नेपाली काँग्रेस र राप्रपाले बाँकेका प्रतिनिधि सभाका ३ सिट र प्रदेश सभाका ६ वटै सिटमा संयुक्त रुपमा दुबै पार्टीको झण्डा र चुनाव चिन्हसहित प्रचार अभियानलाई तीब्र पार्ने जनाएको छ । चुनाव प्रचार अभियानको संयोजक नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईराला र सह संयोजकमा राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल रहेका छन् ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले उम्मेदवार विजय गुप्ता भन्छन : समग्र बाँकेको विकास पहिलो प्राथामिकता

२४ कार्तिक २०७४, शुक्रबार १८:४७
सदरलाइनडटकम २५ कात्तिक, नेपालगन्ज : बिजय कुमार गुप्ता बाँके निर्वाचन क्षेत्रनं. २ (ख) बाट प्रदेश सभाका लागि एमालेका तर्फबाट उम्मेदवार हुन । नेपालगन्जको धम्बोझी निवासी विजयकुमार गुप्ता माडवाडी समुदायबाट एमालेमा क्रियाशिल रहदै आएका छन् । २०५१ सालदेखि नेकपा एमालेमा आवद्ध गुप्ता मारवाडी समुदायबाट निरन्तर पार्टीको झण्डा बोकेर हिड्ने व्यक्ति हुन […]

सम्बन्धित