बाढीले ध्वस्त संरचना निर्माणले तीब्रता पाउने : सिचाई मन्त्री गौतम

२० कार्तिक २०७४, सोमबार १९:४७
 

सदरलाइनडटकम
२० कात्तिक, नेपालगन्ज : सिचाई मन्त्री सञ्जय गौतमले बाढी तथा डुवानले ग्रस्थ भएका सबै संरचनाको पुनः निर्माणले तीब्रता पाउने भएको बताएका छन् ।
आईतबार साँझ नेपालगन्ज बिमानस्थलमा सिमित सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गौतमले भने–‘२०७१ सालको बाढीले ध्वस्त पारेका संरचनाहरु संगै २०७४ सालको बाढीले पु¥याएको क्षेतीलाई पुनः निर्माण गर्नेगरी आजको क्यबिनेट बैठकले निर्णय गरेको छ ।’
उनले सरकारको सो निर्णयले आफ्नो क्षेत्र खासगरी बाँके, बर्दिया, सुर्खेत र दाङ्गका बाढी पीडित तथा डुबान पीडितले राहत पाउने दाबी गरे । उनले केही समय यता रोकिएको तटबन्धको कामले पूर्णता पाउने कुरा बताए ।
२०७१ र २०७४ सालमा आएको बाढीको कारण सिचाई आयोजना तथा विभिन्न व्यक्तिका सार्वजनिक सम्पत्तिमा समेत ठूलो क्षती पु¥याएको थियो । २०७१ सालको बाढीमा सर्वोस्व गुमाएकाहरु र २०७४ मा समेत थप पीडित भएकाहरु सरकारको यो निर्णयबाट राहत महसुश गर्ने मन्त्री गौतमको भनाई थियो ।
बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा प्रत्यासी रहेका उनले जनताले आफुलाई न्याय दिने कुरामा आफु ढुक्क रहेको बताउदै भने–‘बाम गठबन्धनको हाउगुजी मात्र हो । कार्यकर्ता गठबन्धनमा होलान तर जनता मतिर बढी छन् ।’
उनले बर्दियाका जनता, माटो प्रति आफ्नो पूर्ण विश्वास रहेकोले बाम गठबन्धनलाई चुर्नौती दिदै आफु जनताले न्याय गर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाम गठबन्धनका कारण लोकतान्त्रिक शक्ति तिलमिलाका छन् : महरा

२० कार्तिक २०७४, सोमबार १९:४७
सदरलाइनडटकम २१ कात्तिक, नेपालगन्ज : उपप्रधानमन्त्री तथा बिना बिभागिय मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धन हुँदा नेपाली कांग्रेस तथा लोकतान्त्रिक गठबनधन क्षतबिच्छेद भएको बताएका छन ।   मंगलबार बाँकेको नेपालगन्जमा बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।      एमाले बाँके […]