हिभ नेपालमा नयाँ कार्यसमिति

१० कार्तिक २०७४, शुक्रबार १८:४०
 

सदरलाइनडटकम 
१० कात्तिक, नेपालगन्ज : मानवअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था सहयोगि आवाज ‘हिभ नेपाल’ले आफ्नो साधारण सभाको अवसरमा राष्ट्रिय मानव अधिकार अवार्डबाट पाँज जनालाई सम्मान गरेको छ । शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी मानव अधिकार, शान्ति, विकास, न्याय र खेलकुद क्षेत्रमा विशिष्ट योगदान गरेका ५ जना ब्यक्तिलाई हिभ नेपाल बाँकेले शुक्रबार सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा प्रेस स्वतन्त्रता सेनानी एवम बयोबृद्ध पत्रकार पन्नालाल गुप्त(चाचा), क्रिकेटर महेश क्षेत्री, रक्तदाता सरिता शर्मा, अधिवक्ता विश्वजीत तिवारी र तेस्रो लिङ्गी अधिकारकर्मी परिना चौधरी रहेको छन ।
नेपालगन्ज उपमहानगर पालिकाका मेयर डा.धवल शमशेर राणा, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली, महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, हिभ नेपाल बाँकेका अध्यक्ष रामसुहावन सोनकर, नेपालगन्ज उपमहानगर पालिकाको उपमेयर उमा थापा मगरले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा हिभ नेपालका सचिव खटिकले स्वागत मन्त्व्य तथा अध्यक्ष सोनकरले सभापतिको रुपमा आफनो भनाई राखेका थिए ।
यसैबीचगणेश दत्त खटिकको अध्यक्ष सहयोगी आवाज(हिभ) नेपाल बाँकेको नयाँ कार्य समिति चयन गरिएको छ । शुक्रबार नेपालगन्जमा भएको छैठौं साधारण सभाले खटिकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा गीता चौधरी, सचिवमा कमल खत्री, सह सचिवमा जोगेन्द्र सोनकर, कोषाध्यक्षमा सुनिता राणालाई सर्व सहमत चयन गरेको छ । यसैगरी सदस्यहरुमा कान्ति शर्मा, गणेश बहादुर राई, मीना चौधरी, तिरथ राम चिडिमार, डा. बिनोद कर्णलाई चयन गरेको छ । यसैगरी खटिकको नेतृत्वमा शुक्रबार बसेको बैठकलले संस्थाले भावी दिनमा गर्ने कार्यक्रमको तिथी तथा कार्यक्रमको योजनाका बारेमा समेत छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिकामा धमाधम वडा भेला हुँदै

१० कार्तिक २०७४, शुक्रबार १८:४०
सदरलाइनडटकम ११ कात्तिक, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा यतिबेला धमाधम वडा भेला सम्पन्न हुँदैछन् । लामोसमयको अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधि बाहाली भएर काम थालेको सयदिन पुरा भईसकेपछि उप–महानगरका सबै वडाहरुमा चालु आर्थिक वर्षको बजेटको आधारमा हुने विकास निर्माणको लागि छलफल र योजना बनाउन वडा भेलाको आयोजना गरिएको जानकारीमा आएको छ । […]

सम्बन्धित