कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

८ कार्तिक २०७४, बुधबार १३:५१
 

सदरलाइनडटकम
८ कात्तिक, नेपालगन्ज : प्रहरीले बाँकेको जानकी गाउपालिका वडा नं ६ डिठ्ठापुर चोकबाट अवैध हतियार सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीको बिशेष टोलीले एकथान अबैध हतियार कटुवा पेस्तोलसहित भारत बहराईच जिया गाउ बस्ने २५ वर्षिय रमजान खानलाई बाँके जानकी गाउपालिका वडा नंं. ६ डिठ्ठापुरवा चोकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले खानसंग अबैध हतियार भएको सूचनाको आधारमा पछाउदै जाँदा उनलाई नियन्त्रणमा लिन सफल भएको हो । प्रहरी नियन्त्रणमा रहेका खान सो हतियार कसैलाई दिन वा कुनै अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले नेपाल आएको हो अनुसंधानमै रहेको जनाएको
छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरस्तरिय शिक्षा समन्वय समिति गठन

८ कार्तिक २०७४, बुधबार १३:५१
सदरलाइनडटकम  ९ कात्तिक, नेपालगन्ज  : स्थानीय तहमा जनप्रतिनिधि आए लगत्तै शिक्षा स्वास्थ्य र विकास निर्माणको लागि विभिन्न पहलकदमी सुरु भएको छ । सोही क्रममा नेपालगन्ज उप–महानगपालिकाले नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहल सुरु गरेको छ । शिक्षा सम्वद्ध अधिकारी, विद्यालयको माग र आवश्यक्तालाई मध्यनजर गर्दै […]