बाँके, बर्दिया र दाङ्गमा भएका १९ दुर्घटनामा दुईको मृत्यु १७ घाइते

५ कार्तिक २०७४, आईतवार ०९:५०
 

सदरलाइनडटकम
५ कात्तिक, नेपालगन्ज : तिहारको दिन बाँके बर्दिया र दाङ्गमा १९ वटा साना ठूला सडक दुर्घटना भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवत्ता तथा प्रहरी निरिक्षक विरबहादुर थापाले दिएको जानकारी अनुसार बाँकेमा सबैभन्दा धेरै ११ वटा सडक दुर्घटना हुँदा सो दुर्घटनामा परेर २ को मृत्यु हुनुको साथै ११ जना घाइते भएका छन् ।
यसैगरी बर्दियामा ५ वटा र दाङ्गमा ३ वटा सडक दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । घाइते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा उपचार भईरहेको छ ।
उनले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्गको कोहलपुर बाँसगढी सडक खण्डमा मध्यरात भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु हुनुको साथै १ घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता प्रहरी निरिक्षक थापाले दिएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत कोहलपुर बाँसगढी सडक खण्डको बाँके बैजनाथ गाउपालिका वडा नं. ५ रंगिलाचोकमा आइतबार विहान १२ बजे भे ४ प ६८६० नं. को मोटरसाईकल दुर्घटना भएको हो ।
प्रहरी निरिक्षक थापाले दिएको जानकारी अनुसार राती सम्झना चोकबाट तीब्र गतिमा रहेको सो मोटरसाईकले रंगिलाचोक नजिकै बाटोमा रहेका एक व्यक्तिलाई ठक्करदिएर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परेर दैलेख नारायण नगरपालिका वडा नं. २ की १९ वर्षिया मंगला सुनारको मृत्यु हुनुको साथै सो मोटरसाईकल चालक बाँके बैजनाथ वडा नं. २ का २७ वर्षिय सुजन रावत घाइते भएका छन् । गम्भीर घाइते भएका सुनार र रावत दुबैलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि पुराईए लगत्तै सुनारको उपचारको क्रममा मृत्यु भएको थियो ।
उनले आईतबार विहान ७ बजे सो उज्यालो भएपछि राती मोटरसाईकल दुर्घटना भएकै ठाँउमा बाटोको किनारमा रहेको खेतमा घाइते भई मृत अवस्थामा करिव ४० वर्षिय पुरुषको शव भेटिएको जानकारी दिए । उनले तीब्र गतीमा रहेको सो मोटरसाईकलले पैदल हिडी रहेको अवस्थामा मृतकलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसंधानले देखाएको बताए । मृतकको सनाखत हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौलाना जब्बार मञ्जरी जस्को सर्वत्र चर्चा छ

५ कार्तिक २०७४, आईतवार ०९:५०
सदरलाइनडटकम  ५ कात्तिक, नेपालगन्ज : आगमाी मंसिर २१ मा हुने प्रदेस सभा र संघको निर्वाचनको तिथि नजिकिदै गर्दा चुनावी कौतुहलता निक्कै बढेको छ । विभिन्न पार्टीबाट चुनावमा टिकट पाउने दावीका साथ एक निर्वाचन क्षेत्रका करिव दर्जनको दरल नेताहरु केन्द्रमै धर्ना दिएर बसेका छन तर, बाँके नेपालगन्जका मुस्लिम नेता भने आफुले […]