बाँके प्रहरीद्वारा राँझाबाट १४ जना जुवाडेसहित डेढ लाख बरामद

३१ आश्विन २०७४, मंगलवार २२:२०
 
सदरलाइनडटकम
३१ असोज, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडानं. २० राँझाबाट बाँके प्रहरीले जुवातास खेल्ने र खेलाउने १४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवत्ता तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार राँझाका नन्दबहादुर थापाको घरमा जुवा खेल्दै गरेका घरभेटी थापा सहित सोही ठाँउका ज्ञानबहादुर गुरुङ्ग, विजय गुरुङ्ग, अदान थापा, कृष्ण बुढा, जीवन थापा, ओमप्रकाश पुन, हर्कबहादुर बुढा, जगत शाही, मधुकर खड्का, धर्म रावल, राजु कटुवाल, राजु थापा र सुर्खेत गुर्भाकोटका रेशम घर्तिमगर रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ५७ हजार ३ सय ५० रुपैया समेत बरमद गरेको जनाएको छ । बरामद रुपैया सहित पक्राउ परेका १४ जनालाई नै म्याद थपगरी मुद्दा चलाएको हो । प्रहरीले यसअघि विभिन्न मितिमा विभिन्न जुवाका खालमा छापा मारेर ३६ जना जुवाडे सहित उनीहरुबाट ६ लाख ३९ हजार २ सय ३ नगद रुपैया र जुवा तास खेलाउन प्रयोग हुने तासलगायतका सामाग्री बरामद गरेको छ ।
यसैगरी प्रहरीले एक भैसी चोरलाई चोरेको भैसी सहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । प्रहरी निरीक्षक थापाले दिएको जानकारी अनुसार खजुरा गाउपालिका वडा नं. ५ उढरापुरको रमेश खटिकले सोही ठाँउकी जलवर्सी खटिकको भैसी चोरेर भारत लैजादै गरेको अवस्थामा नेपाल भारत सिमा क्षेत्र जमुनाहबाट नियन्त्रणमा लिएर अनसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीका ५ नं. प्रदेस प्रमुख एआईजी लामाको जनमैत्री प्रहरी बन्न निर्देशन

३१ आश्विन २०७४, मंगलवार २२:२०
सदरलाइनडटकम १ कात्तिक, नेपालगन्ज : प्रदेश नंम्बर ५ का प्रहरी प्रमुख तथाा अतिरिक्त प्रहरी महानिरिक्षक मिंङ्गमार लामाले आफ्नो मातहातका प्रहरी युनिटलाई जनमैत्री हुन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हाले पछि पहिलो पटक बाँके बर्दिया निरिक्षणको लागि आएका एआईजी लामाले जनमैत्री प्रहरी भएर सेवा दिनको लागि आफ्नो […]