नियोक बाँकेको सभापतिमा नमस्कार शाह

२९ आश्विन २०७४, आईतवार १८:५०
 

सदरलाइनडटकम
२९ असोज, नेपालगन्ज : राष्ट्रिय निर्बाचन पर्यबेक्षण समिति (नियोक) जिल्ला समिति बाँकेको सभापतिमा नमस्कार शाह सर्बसम्मत चयन भएका छन् । आईतबार नेपालगन्जमा सम्पन्न जिल्ला भेलाबाट शाहलाई सभापति चयन भएक हुन् ।
पुनःगठित जिल्ला समितिको उपसभापतिमा नेत्रकला शाही र डोलबहादुर भण्डारी चयन भएका छन् भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हेमराज भट्ट, मकबुल अहमद मुकेरी र कृष्णबहादुर बिक निर्बिरोध चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः सीता बोहरा, देबिदत्त आचार्य, रबिन्द्र कर्ण, गिता आचार्य, शंकर शर्मा, गगन थापा, लक्ष्मी तिवारी र प्रभाकर भट्राई सर्बसम्मत चयन भएका छन् । निबर्तमान सभापति लोकबहादुर शाहलाई सल्लाहकारको रुपमा चयन
गरिएकोछ ।
लामो समयदेखि निर्बाचन पर्यबेक्षणमा सक्रिय नियोकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन पर्यबेक्षणको तयारी शुरु गरेको छ । पुर्नगठित समितिलाई बधाई दिँदै निबर्तमान सभापति शाहले नेतृत्व हस्तान्तरणबाट संस्था दिगो हुने बताए । उनले नियोकले निष्पक्ष निर्बाचनका लागि पर्यबेक्षण गरिरहेको बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेनदेनमा दम्पतिको हत्या छोरा गम्भीर घाइते

२९ आश्विन २०७४, आईतवार १८:५०
सदरलाइनडटकम  ३० असोज, दैलेख : सामान्य लेनदेनको बिषयमा बिबाद हुँदा दैलेखमा एक दम्पतिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार भगवतिमाई गाउँपालिका वडानं ७ बडाभैरवका ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमला सिंहको हत्या भएको हो । धारिलो हतियार […]