निर्माण व्यावसायी गौचनको हत्यामा संलग्नलाई तत्काल पक्रन माग गर्दै पर्दशन

२७ आश्विन २०७४, शुक्रबार १८:३१
 

सदरलाइनडटकम  
२७ असोज, नेपालगन्ज : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई पत्ता लगाई तत्काल पक्राउ गर्न सरकारसँग माग गदै बाँकेका निर्माण व्यवसायीहरुले नेपागन्जमा प्रदर्शनी गरेका छन् ।
गौचनका हत्यारा पत्ता लगाई कारबाहीको माग गर्नुपर्ने भन्दै बाँकेका निर्माण व्यवसायीहरुले नेपालगन्जमा प्रर्दशन गर्दै दवाव मुलक कार्यक्रम अघि बढाएका छन् । हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यामा संग्लनलाई पक्राउ गर्न नसकेर प्रहरीको असक्षमता देखिएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका पुर्व उपाध्यक्ष कर्ण थापाले गौचनका हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाएर पक्राउ गर्न सरकारसँग आग्रह गरे । अन्य निर्माण व्यवसायीहरुको सुरक्षाको जिम्मा समेत सरकारले लिनुपर्ने उनको भनाई रहेको थियो ।
अध्यक्ष गौचनको काठमाडौमा अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाले आफूहरू असुरक्षित रहेको भन्ने प्रष्ट भएको बाँके निर्माण व्यवसायी संघका अध्यक्ष जितेन्द्र हमालले बताए । उनले हत्यारा तत्काल पत्ता नलगाए आफूहरू कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । संघको कार्यालय बेलासपुरबाट सुरु भएको विरोध प्रर्दशन धम्बोझी चोक हुदै विपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । केही समय निर्माण व्यवसायीहरुले विपी चोकमा यातायात अवरुद्व समेत पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुण्डागर्दीको कारण असुरक्षा भएको भन्दै हुलाकी सडक निर्माण कार्य दश दिनदेखि ठप्प

२७ आश्विन २०७४, शुक्रबार १८:३१
सदरलाइन / रुद्र सुवेदी    २७ असोज, नेपालगन्ज : हुलाकी सडक निर्माण गर्न सब कन्ट्रयाक्टमा काम गर्दै आएको गणपती ग्रुप अफ कन्सट्रक्सन प्रा.लि.ले कामगर्ने साईडमा सुरक्षाको कारण देखाउदै काम गर्ने बताबरण नभएको बताएको छ । स्थानीय र गिटी बालुवा ठेकेदार कम्पनीको गुण्डागर्दीको कारण आफुहरुलाई काम गर्ने बाताबरण नभएको बताउदै राष्ट्रिय […]

सम्बन्धित