भारतीय सेनामा भर्ती हुनेको मोह कायमै

२३ आश्विन २०७४, सोमबार २१:३४
 

सदरलाइन / सपना बिष्ट 
२३ असोज, नेपालगन्ज : मुलुकमा गणतन्त्र आई संघियतामा प्रवेव गरी सके पनि नेपाली युवाहरुको भारतीय सेनामा भर्ति हुने मोह अझै पनि कायमै छ । भारतीय सेनाको गोरखा रेजिमेन्टमा भर्ति हुनका लागि नेपाली युवाहरु निकै ठूलो संघर्ष गर्ने गर्दछन ।
बेरोजगारीको समस्याले पिल्सीएका नेपाली युवाहरु रोजगारीको लागि आफनो देशमा कुनै उपाए नदेखेपछि भारत र अन्य तेश्रो मुलुक विभिन्न रोजगारीको लागि ताक्ने गर्छन । यसैको लागि पनि नेपाली युवाको लागि भारतीय सेनाको जागिर निक्कै आकर्षणको केन्द्र बनेको हो ।
बेरोजगारको समस्यामा भारत तथा तेश्रो मुलुक मजदुरी गर्न जाने नेपालीहरुको त आफ्नो पीडा छदैंछ तर, भर्खरै केहि गर्ने उमेर भएका युवाहरुमा पनि रोजागरीका लागि भारत अथवा तेश्रो मुलुक नै रोजाईमा पर्ने गरेको छ ।
बलिया युवाहरुको भारतीय सेना प्रतिको मोह पनि कम नभएको नेपालमा हुने प्रारम्भिक छनौटको भिडले पनि अंकित गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा पनि आफ्नो भविश्य नदेखेका नेपाली युवाहरु भारतले नेपालका बिभिन्न स्थानहरुमा खोल्ने गरेको भर्ति केन्द्रहरुमा लाइन लाग्ने गर्दछन ।
नेपालमा रहेको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा जागिर खाने रहर भए पनि त्यसका लागि सत्ताधारी पार्टीका नेताको चाकडी नगरेसम्म सफल हुन नसक्ने भएकोले पनि भारतीय सैनिकमा भर्ति हुने मोहले भने छाडेको छैन नेपाली युवाहरुलाई । कतिपयले भारतीय सेनामै भर्ति हुने सानैदेखिको ईच्छा र नेपालको तुलनामा भारतीय सेनामा पाईने सेवा सुबिधा र रुपैया बढी पाईने भएकोले पनि भारतीय सैनिकतिर आर्कषित भएको बताउछन भर्ती हुने आशा र दृढताका साथ आएका हरी थापा मगर ।
सुदूरपश्चिमको महाकालीदेखि पश्चिमाञ्चलको लुम्बिनी अञ्चलसम्मका झण्डै १० हजार युवाहरुले भारतीय सेनामा भर्तीहुनका लागि नेपालगन्ज आएका छन । तर नेपालगन्ज केन्द्रबाट भारतीय सेनाको गोरखा रेजिमेन्टका लागि ५सय जना युवाहरु मात्र पहिलो चरणको छनोटमा परि स्वास्थ्य परिक्षणका लागि भारतको गोरखपुर जानेछन ।
भारतीय सेनामा यति धेरै युवाहरुको आक्रषण हुनुको मुख्य कारण नेपालमा बेरोजगारीको समस्या, रोजगारको ग्यारेन्टी नहुनु, नेपाली सेना र प्रहरीको तुलनामा भारतीय सेनामा तलब भत्ता र सुबिधा पनि बढि हुने भएकोले युवाहरुमा भारतीय सेनामा भर्ती हुनेको मोह बढेको भुतपुर्व भारतीय सैनिक भिम रानाको भनाइ छ ।
गोर्खाली सेनाको इतिहास र्फकाएर हेर्दा गोर्खा राइफल्सको विश्व युद्ददेखि लिएर बेलायत र भारतको सेनाको अग्रपंक्तिमा गोरखा रेजिमेन्टको नाम आउने र वर्षेनी देशका बिभिन्न स्थानमा आउने टुरमा भारतीय सेनामा नेपाली युवाहरु भर्ना हुनका लागि आउने गरेको भर्ती टोलीको छनौट क्याम्पका प्रमुख ब्रिगेडियर एमके सगोस भारतीय सेनामा गोर्खा सैनिकको योगदान निकै नै सराहनीय भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार चौलागाईलाई पित्रृ शोक

२३ आश्विन २०७४, सोमबार २१:३४
सदरलाइनडटकम   २४ असोज, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवम संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईलाई पित्रृ शोक परेको छ । पत्रकार चौलागाईका पिता शिवलाल चौलागाईको बर्दियाको राजापुर नगरपालिका–८ आफ्नै घरमा निधन भएको हो । १९९६ सालमा जन्मेका शिवलालका श्रीमती, २ छोरा र ४ छोरी छन् । पत्रकार चौलागाई […]