पर्वमा सामाजिक सद्भाव कायम गर्न प्रहरी प्रशासनको विषेश तयारी

९ आश्विन २०७४, सोमबार १८:४१
 

सदरलाइनडटकम    
९ असोज, नेपालगन्ज : हिन्दू समुदायको विजया दशमी र ईस्लाम धर्मावलम्बीको नयाँ वर्षसंगै मोहर्रम पर्वको कारण दुई समुदायबीचमा हुन सक्ने विवाद रोक्नको लागि बाँके प्रहरीले विशेष सावधानी अपनाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजना गरेको पत्रकार भेटका अवसरमा प्रहरी नायव उपरीक्षक सुधिर राज शाहीले हिन्दू समुदायको
दुर्गा पूजा र मुस्लिम समुदायको मोहर्रम एकै पटक पर्ने भएकोले दुबै समुदायका बीचमा कुनै पनि बैमनुस्य हुन नदिनको लागि बाँके प्रहरीले सुरक्षा सजगता अपनाएको जानकारी गराए ।
नेपालगन्जमा हिन्दूको दुर्गामूर्ति र मुस्लिमको ताजिया विर्सजन गर्ने एकै दिन परेकोले प्रहरीले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर दुबै समुदायलाई छुट्टा छुट्टै समय निर्धारण गरे छ ।
दसैं टिकाको भोलीपल्ट एकादशी अर्थात १५ गते दिउँसो तीन बजेसम्म दुर्गा मूर्ति कम्दीको नहरपुरुवा कटाई सक्नु पर्ने छ भने तीन बजेपछि ताजिया विर्सजन सुरु गर्ने समय तोकिएको बाँकेका प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए ।
त्यसैगरी यसपटक दुर्गामूर्ति र ताजिया विर्सनका लागि जाने फर्किने रुटको समेत व्यवस्था गरिएको छ । प्रहरी नायव उपरिक्षक शाहीले जानको लागि फुलटेक्रा हुदंै कम्दिको मिलन चोकसम्म जाने र फर्किने बेला राँझा भएर फर्किनु पर्ने छ । दुर्गामूर्ति विर्सजनका लागि विगतको तथ्याङ्क हेर्दा करिव चार सय ट्याक्टर र साना ट्रक तथा करिव एक हजार मोटरसाइकल प्रयोग हुने गरेका छन् । यसैगरी राप्तीपारिको नरैनापुरलाई उच्च सम्वदेनशील भन्दै त्यहाँ १३ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापकरुपमा परिचालन गरिने भएको छ । चाडपर्वलाई उल्लासपूर्ण तरिकाले मनाउने बातावरण निर्माणका लागि प्रहरी अहोरात्र खटिएको डिएसपी शाहीले जानकारी दिए । गत वर्ष दुर्गा पूजाको मूर्ती विषर्जनको विषयमा दुई समुदायबीच झडप भएको कारण पनि प्रहरी त्यस्तो कुनै अपृय घटना हुन नदिने गरी राप्ती पारी तैनाथ रहने डिएस्पी शाहीले दाबी गरे ।
हालैमात्र जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी नायव उपरिक्षको जिम्मेवारी सम्हालेका शाहीले पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सामाजिक सदभाव कायम गर्ने सवालमा प्रहरीले सबै तहतप्काका मानिसहरुसँग छलफल चलाइरहेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालअधिकार सुनिश्चित गर्न उप–महानगर प्रतिबद्ध

९ आश्विन २०७४, सोमबार १८:४१
सदरलाइनडटकम  ११ असोज, नेपालगन्ज : नेपालगन्ज उप–महानगरका मेयर डा. धवल शमशेर राणाले बालबालिकाको सवाल र अधिकार प्रतिको सोचाईमा परिवर्तन ल्याउन आवश्यक रहेको औल्याएका छन् । ‘बालमैत्री सहर हामी सबैको रहर’ भन्ने नाराका साथ नेपालगन्ज उप–महानगरपालिका स्तरिय बालक्लब सञ्जालले बिजयादशमी, दिपावली, हिजरी सम्बत मोर्हरम र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना […]