जिभिएनकी पुष्पा भईन मिस कलेज–२०१७

३ आश्विन २०७४, मंगलवार १४:३६
 

सदरलाइनडटकम
३ भदौ, नेपालगन्ज :  नेपालगन्जमा नाईल ईभेन्ट एण्ड म्यानेजमेन्ट आयोजना गरिएको मिस कलेज–२०१७ को उपाधी जिभिएन माविकी पुष्पा उपाध्यायले हात पारेकी छन् ।
बाँकेमा रहेका विभिन्न कलेजहरुमा अध्ययन गर्ने किशोरीहरु प्रतिस्पर्दी हुने गरी पहिलो पटक आयोजना गरिएको सो प्रतियोगितामा विजेता उपाध्यायले २ लाख ७० हजार मूल्य बराबरको स्कुटर र सुनको औठी प्रापत गरेकी छन् । उपाध्याय नेपालगन्जको जिभिएन माविमा कक्षा ११ व्यवस्थापन समुहकी विद्यार्थी हुन ।
त्यसैगरी सो प्रतियोगितामा ब्राईटल्याण्ड कलेजकी हर्षदीप कँवरले फस्ट रनरअपको उपाधी हासिल गरेकी छन् । उनले एकथान ल्यापटप प्राप्त गरीन । डाईनामिक कलेज कोहलपुरकी स्मृती लामिछानेले सेकेन्ड रनरअपको उपाधी हासिल गरिन ।
बाँकेमा कलेजमा अध्ययन गर्ने किशोरीहरुमा लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पहिलो पटक कार्यक्रमको आयोजना गरेको आयोजक संस्था नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईपुग्यो टिविएम मेसिन, जडान कार्य तीब्रगतिमा

३ आश्विन २०७४, मंगलवार १४:३६
सदरलाइन / रुद्र सुवेदी    ३ असोज, नेपालगन्ज : भेरी–बबई डाईभर्सन परियोजनाको सुरुङ्ग खन्नको लागि प्रयोग हुने ‘डबल शिल्ड टनेल बोरिङ’ मेशिन ( टिबिएम) आयोजना स्थलमा ल्याई पु¥याईएको छ । परियोजनाको १२ किलोमिटर लामो सुरुङ खन्नका लागि भित्र्याइएको डबल शिल्ड टनेल बोरिङ मेशिन परियोजना स्थलमा ल्याई पुराएपछि यतिबेला धमाधम सो मेसिनको […]