‘घरेलु उद्योगकोे संरक्षण गर्न आवश्यक’

२४ भाद्र २०७४, शनिबार १६:४०
 

सदरलाइनडटकम   
२४ भदौ, नेपालगन्ज : घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य पूर्णबहादुर भण्डारीले उद्यमीले उत्पादन गरेका बस्तुहरु राज्यले विदेश निर्यात गर्नतर्फ भूमिका खेल्नुपर्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले नेपालगन्जमा गरेको राज्य पुनरसंरचना, संक्रमणकाल र नेपाली उद्योगहरुको दिनचर्या विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भण्डारीले नेपाली घरेलु उद्यमीका उत्पादनलाई अन्तराष्ट्रियकरण गरिनु पर्ने धारणा राखेका हुन ।
उनले पछिल्लो समय महिला उद्यमीको सङ्ख्या बढ्दै गएकोमा खुशी व्यक्त गरे । उनले पछिल्लो दिनमा राज्यले घरेलु तथा साना उद्योगको संरक्षण गर्न नसकेको कारण लगानी धराशायी हुने खतरासमेत बढेर गएको चिन्ता व्यक्त गरे । उनले राज्यले ठोस योजना र कार्यक्रम ल्याउन पर्ने धारणा समेत राखे ।
महासंघ बाँकेका अध्यक्ष अशोक बिष्टको अध्यक्षतामा सुरु भएको सो अन्तरक्रियामा खुला सिमानाको कारण सीमापारीको बजारबाट अनाधिकृत रुपमा भित्रिने विभिन्न सामानहरुको कारण नेपाली उद्योग सुक्दै गएको, लगानी सुरक्षित नभएको जस्ता गुनासाहरु सहभागि उद्योगीहरुबाट आएको थियो ।
सो अवसरमा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमलप्रसाद घिमिरेले बाँकेमा उद्योग सञ्चालनका लागि विभिन्न कार्यक्रमको लागि यो वर्ष ४७ लाख छुट्याइएको जानकारी दिए । उनले सरकारले महिला उद्यमीका लागि बाणिज्य बैंकमार्फत १ लाखदेखि ५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने र उद्योगको लागि आवश्यक जनशक्ति उत्पादन तथा बजार प्रबद्र्धनको लागि पहल गर्नको लागि सो रकम खर्चिने बताए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य वंैक शाखा कार्यालय त्रिभुवनचोकका ललितबहादुर शाही, जिल्ला वनस्पति कार्यालय बाँकेका सहायक रसायनविद् अशोक वावु सापकोटा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्वहरु नजिकिदै गर्दा बाँके र बर्दियामा अपराधिक गतिविधि बढ्दो

२४ भाद्र २०७४, शनिबार १६:४०
सदरलाइनडटकम २४ भदौ, नेपालगन्ज :  पर्वहरु नजिकिदै गर्दा बाँके र बर्दियामा विभिन्न खाले अपराधका घटना घट्न थालेका छन् । नेपालगन्जमा उप–महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोेद रिजालको घरमा शुक्रबार राती चोरी भएको छ । धम्बोेझीमा रहेको नेपाल प्रहरीको व्यायामशाला नजिकै रहेको वडा अध्यक्ष रिजालको घरमा राखेको मोटरसाईकल चोरी भएको […]