२१ किलो चरेशसहित पक्राउ परेरका अहिरद्वय सार्वजनिक

२३ भाद्र २०७४, शुक्रबार १८:०१
 

सदरलाइनडटकम
२३ भदौ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका–२ नेउरीगौरीबाट २१ किलो चरेशसहित दुई जनालाई प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका नेउरीगौरीबाट पक्राउ परेका ५४ बर्षीय फेरन अहिर र ७० बर्षिय मुरली अहिरलाई दुईदिन अघिको राति घरबाटै लागु औषध चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अहिरद्वयलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार, कार्यालयको बिशेष अनुसन्धान टोलीले करिव ३ लाख ६० हजार रुपैयाँ बराबरको चरेशसहित उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके र बर्दियामा ‘म खाँदिन’ भ्रष्टाचारविरुद्ध अभियान

२३ भाद्र २०७४, शुक्रबार १८:०१
सदरलाइनडटकम  २३ भदौ, नेपालगन्ज : भ्रष्टाचारविरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले सञ्चालनमा ल्याईएको ‘म खाँदिन अभियान’ बाँके र बर्दियामा भ्रष्टाचारविरुद्ध हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । सो हस्ताक्षर अभियानमा विभिन्न नागरिक समाजको सहभागितामा रहेको थियोे । नेपालका ३४ जिल्लामा सो अभियान एकै पटक सञ्चालन भएको कार्यक्रम नेपालगन्ज उद्योग बाणिज्य […]