शिक्षक महासंघ बाँकेले रक्तदान गर्ने

२० भाद्र २०७४, मंगलवार १०:५३
 

सदरलाइनडटकम 
२० भदौ, नेपालगन्ज : शिक्षा दिवसको अवसरमा नेपाल शिक्षक महासंघ बाँकेले जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा बृहद रक्तदान गर्ने भएको छ । नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष बाबुतरुण गौतमले बाढी तथा पहिरो र बदलिदो मौसमका कारण हुने विरामीको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
जिल्ला शिक्षा कार्यालय बाँकेको कार्यालय परिसमा आगामी भदौ २३ गते शुक्रबारको दिन विहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने बताए । उनले सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सो कार्यक्रममा सहभागिता जनाउनको लागि आव्हान समेत गरेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राप्ती सोनारीका बाढी पीडित भन्छन : उद्दार र राहत भन्दा सुरक्षित आवास देउ

२० भाद्र २०७४, मंगलवार १०:५३
सदरलाइनडटकम २१ भदौ, नेपालगन्ज : बाँके राप्ती सोनारी गाउपालिका वडा नं. ६ र ७ का बासिन्दा वर्षेनी राहत र उद्दारको विकल्पमा सुरक्षित आवसको लागि पहल गरिदिन आग्रह गरेका छन् । ‘हरेक वर्ष उद्दार र राहत दिनु भन्दा हामीलाई सु्क्षित स्थानमा बस्ने व्यवस्था मिलाई दिनुप¥यो’–बाँके राप्ती सोनारी– ६ कमैया डाँडाकी ३५ […]

सम्बन्धित