नेपालगन्जमा धुमधामका साथ बकराईद मनाईदै

१७ भाद्र २०७४, शनिबार १८:४६
 

सदरलाइनडटकम
१७ भदौ, नेपालगन्ज : ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व र्र्ईद–उल–अजहा (बकरा ईद ) नेपालगन्जको ईदगाह मस्जिदमा सामुहिक प्राथाना ‘नमाज’ पढेर शनिबारदेखि मनाउन सुरु भएको छ । तीन दिनसम्म मनाईने यो पर्वको मुस्लिम समुदायमा छुट्टै महत्व छ ।
तिर्थाटन र बलिदानको पर्वको रुपमा मनाईने यो पर्व मुस्लिम समुदायका व्यक्तिहरु विहान ईदगाहमा सामूहिक नमाज पढेर भाफ्नो गक्ष अनुसार पर्व मनाउन तल्लिन छन् । नेपालगन्जको विपिचौकमा रहेको ईदगाह मस्जिदमा इस्लाम धर्मावलम्बीहरुले मुलुकमा शान्ति अमन चैनको माग गर्दै सामुहिक नामज पढेर एक अर्कासित अंगालो मार्दै मनाउन शुरु गरेका छन् । शनिबार विहान ८ बजे उनीहरुले ईदगाह मस्जिदमा जम्मा भएर समुहिक नमाज पढेका थिए ।
तीन दिनसम्म आगामी सोमबारसम्म मनाईने यो पर्व हज (तिर्थ) र कुर्वानी (वलि) गर्नुपर्ने प्रमुख विषेशता रहेको छ । बकरईदमा ईस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वलि कुर्वानी दिने प्रचलन रहेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव सञ्जाल नेपालगन्जका सह संयोजक तथा मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले जानकारी दिए ।
नेपालगन्जमा बकरईदको लागि कुर्वानी (वली) दिन हजारबढी पशुहरु भित्र्याईएको अनुमान छ । मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उटको कुर्वानी दिने चलन छ । कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको मदरसा दारुल उलुम बरकातिया माध्यामिक विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानी बताउछन ।
ईस्लामिक तारिक हिजरी संवत १४३८ जिलहिज्जा (महिना)को १० तारिकबाट शुरु हुने सो पर्व मनाउनको लागि शनिबार विहानैदेखि नेपालगन्जको वीपी चौकस्थित रहेको इदगाह मस्जीदमा नेपालगन्ज र आसपासका ग्रामीण क्षेत्रबाट आएका मुश्लिम धर्माबलम्बीहरुको घुइँचो देखिन्थ्यो । उनीहरुले एक आपसमा बकरीदको अवसरमा ‘इद मुबारक’भन्दै एक आपसमा अँगालो मारिरहेका देखिन्थे ।
सञ्चारकर्मी शकिल अहमद कादरीका अनुसार बकराईदको नमाज पढेलगत्तै गरिब, टुहुराहरुलाई दान दिने र खाने कुराहरु खुवाउने गरिन्छ । मुस्लिम समूदायले यस पर्वका अवसरमा समेत साउदीको मक्का मदीनामा हज गर्न जाने गर्दछन । यो वर्ष बाँके ९८ जना नेपाली मुस्लिमहरु तिर्थटनको लागि साउदी अरेवियाको मक्का मदिना गएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार खुकुलो हुँदा व्यवसाय धराशायी भएको बाँकेका व्यावसायीको गुनासो

१७ भाद्र २०७४, शनिबार १८:४६
सदरलाइनडटकम   १८ भदौ, नेपालगन्ज : दैनिक उपभोग्य वस्तुलाई नेपालगन्ज तथा कोहलपुर मै खरिददारी गर्नको लागि बताबरण बनाउने उद्देश्यले बाँकेका विभिन्न संघमा आवद्ध व्यावसायीका नेतृत्वहरुले नेपालगन्ज भन्सारमा ज्ञापन बुझाएका छन् । भारतीय बजारबाट किनमेल गर्ने उपभोक्तालाई नेपालगन्ज भन्सारले ‘नरम’ नीति लिएको कारण आफुहरुको उद्योग व्यावसाय धराशायी भएको उनीहरुको ठम्याई रहेको छ […]

सम्बन्धित