रातो नंबरका ईरिक्सा प्रहरीले नियन्त्रणमा लिएपछि चालक आन्दोलनमा

१७ भाद्र २०७४, शनिबार १४:५७
 

सदरलाइनडटकम
१७ भदौ, नेपालगन्ज : निजि प्रयोजनको लागि लिएर भाडामा प्रयोग गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगन्ज उप–महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्युतिय रिक्सा, अटो र टेम्पोलाई नियन्त्रणा लिएको छ ।
अटो रिक्सा, ईरिक्सा चालकहरु आफ्नो रोजीरोटी माथि प्रहरीले बाधा अड्चन गरेको भन्दै उनीहरु सुर्खेतरोडमै नाराबाजी समेत गरेका छन् । प्रहरीले झण्डै ३ सयको हाराहारीमा ईरिक्सा नियन्त्रणमा लिएको छ ।
शनिबार सुर्खेतरोडमा सञ्चालनमा आएको रातो नं. प्लेटका अटो रिक्सा तथा ई–रिक्सा नियन्त्रमा लिएपछि रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । पुष्पलालचोक नजिकै प्रहरी व्यायमशालाको मैदानमा आफुहरुको रिक्सा नियन्त्रणमा लिएर राखेको बताएका छन् ।
बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले निजि प्रयोजनको लागि रातो नंबर प्रयोग गरेर ई रिक्सा लिएर भाडामा चलाएको कारणले जिल्ला ट्राफिकले कारवाही स्वरुप नियन्त्रणमा लिएको बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा धुमधामका साथ बकराईद मनाईदै

१७ भाद्र २०७४, शनिबार १४:५७
सदरलाइनडटकम १७ भदौ, नेपालगन्ज : ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व र्र्ईद–उल–अजहा (बकरा ईद ) नेपालगन्जको ईदगाह मस्जिदमा सामुहिक प्राथाना ‘नमाज’ पढेर शनिबारदेखि मनाउन सुरु भएको छ । तीन दिनसम्म मनाईने यो पर्वको मुस्लिम समुदायमा छुट्टै महत्व छ । तिर्थाटन र बलिदानको पर्वको रुपमा मनाईने यो पर्व मुस्लिम समुदायका व्यक्तिहरु विहान […]