पश्चिम दाङ्गमा बलात्कारका घटनामा बृद्धि

१० भाद्र २०७४, शनिबार २०:३०
 

सदरलाइनडटकम 
१० भदौ, दाङ्ग : पश्चिम दाङ्गमा बलात्कारका घटना बृद्धि भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३/०७४ मा जवरजस्ती करणीका १७ वटा मुद्धा दर्ता भएका छन् ।
त्यस्तैगरी करणीको प्रयासका ६ वटा मुद्धा दर्ता भएका छन् । सो कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा जवरजस्ती करणीका १६ वटा मुद्धा दर्ता भएका छन् भने २ वटा मुद्धा करणीको प्रयास सम्वन्धी दर्ता भएको कार्यालयले जनाएको छ ।
वितेका दुई वर्ष लाई तुलना गर्दा आर्थिक वर्ष ०७३/७४ मा बलात्कारको घटनामा बृद्धि हुन आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा गाउँपालिका ६ हिरमिनियामा शनिबार रक्तदान

१० भाद्र २०७४, शनिबार २०:३०
सदरलाइनडटकम  १० भदौ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । श्रीकृष्णा कृषक सहकारी संस्था लिमिटेड डुडुवा–६ बल्दीपुर्वाको आयोजना र ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा बाँकेको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३३ […]