थारु पत्रकार संघको दरखाने कार्यक्रम सम्पन्न

२७ श्रावण २०७४, शुक्रबार २१:०७
 

सदरलाइनडटकम
२७ साउन, नेपालगन्ज :
थारु पत्रकार संघ नेपाल बाँके शाखाले शुक्रबार दर खाने कार्यक्रम गरेको छ । श्रीकृष्ण जन्मअष्टमी तथा थारु समुदायको महान पर्व अटवारी पर्वको पावन अवसरमा संघले भिन्सरिया तथा अटवारी पर्वको दर खाने कार्यक्रम गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यालयमा दिउँसो कार्यक्रमको आयोजना गरिएको थियो । संघका बाँके अध्यक्ष विमला चौधरीका अनुसार थारु समुदायमा श्री कृष्ण जन्मअष्टमीका दिन मनाउने परम्परागत चलन तथा थारु समुदायको पहिरन र परिकारका विषयमा समेत सांस्कृतिक कार्यक्रम झल्कने गरि श्रीकृष्ण जन्मअष्टमी मनाउने परम्परा रहेको छ ।
सो अवसरमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थारु समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान तथा स्वागत गरेका थिए ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार हुँदै

२७ श्रावण २०७४, शुक्रबार २१:०७
सदरलाइनडटकम २७ साउन, नेपालगन्जः नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न हुने भएको छ । शनिबार विहान ९ बजे नेपालगन्जको ओम कटेज नेपालगन्जमा आयोजना गरिएको सो सम्मेलनको नेपाल विद्युतिय व्यावसायी महासंघका अध्यक्ष तेजनारायण खरेल र नेपालगन्ज उप नगरपालिकाका मेयर धवल शम्शेर राणाले संयुक्त रुपमा गर्ने […]