बाँकेमा १५ दिनमा दुई तेस्रोलिङ्गीसहित ८ हजार ७ सय ५५ नयाँ मतदाता थपिए

१७ श्रावण २०७४, मंगलवार २०:२८
 

सदरलाइनडटकम
१७ साउन, नेपालगन्ज : निर्वाचन आयोगले साउन १ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन गर्न सुरु गरेपछि १५ दिनको अवधिमा मात्र बाँकेमा ८ हजार ७ सय ५५ जना नयाँ मतदाता थपिएका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार दुई जना तेस्रोलिङ्गीसहित ८ हजार ७ सय ५५ नयाँ मतदाताले मतदाता परिचय पत्रका लागि फोटो खिचाएर नयाँ मतदाताको रुपमा थपिएका हुन् ।
क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका सुचना अधिकारी काँशिलाल अधिकारीका अनुसार साउन १ गतेदेखि सुरु भएको सो अभियानमा १५ दिनको अवधीमा ४ हजार ३ सय १ जना महिला, ४ हजार ४ सय ५२ जना पुरुष र २ जना तेस्रोलिङ्गि गरी कुल ८ हजार ७ सय ५५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाँकेमा २ लाख ४६ हजार १ सय ३ जना मतदाता रहेका थिए । साउन १५ गतेसम्म मतदाता नामावलीमा नामदर्ता र फोटोसहितको मतदाता परिचयपत्रको फोटो खिच्न छुटेकाहरुलाई सोमबारदेखि निर्वाचन कार्यालयले बाँकेका ८ वटै स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गरेको छ ।
एक उप–महानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिकाको केन्द्रबाट मतदाता नामावली सुरु गरिएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका सुचना अधिकारी काँशिलालले जानकारी दिए । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन स्थानीय तहमा समेत मानिसहरुको भिड लाग्ने गरेको छ । स्थानीय तहमा साउन ३२ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइने निर्वाचन कार्यालयले जनाएको छ ।
साउन १५ गतेसम्म क्षेत्रीय निर्वाचन कार्यालयमा त्रुटी सच्याउनको लागि ५२ वटा निवोदन परेको, बाँके जिल्ला भित्र ठाउसारीको लागि १ सय वटा र जिल्ला बाहिर ठाँउसारीको लागि २९ निवेदन परेको सूचना अधिकारी काँशीलालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा स्वाईनफुलुका विरामी जाँच गर्ने किटको अभाव

१७ श्रावण २०७४, मंगलवार २०:२८
सदरलाइनडटकम १९ साउन, नेपालगन्ज : नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ‘स्वाईनफुल्यू’को जस्तै लक्षण भएका शंकास्पद विरामी दिनहुँ दर्जनको हाराहारीमा आउदा स्वाईनफुलु भए नभएको यकिन गर्ने जाँचको लागि आवश्यक किटको अभावमा उपचारमा कठिन भएको छ । अस्पतालका फिजिसियन डा. खगेन्द्र शाहीले अस्पतालमा आउने विरामीहरुमा टाउको दुख्ने, शरिर दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने […]

सम्बन्धित