बाँकेमा ९ सदस्यीय जिल्ला समन्वय समिति हुने

१५ श्रावण २०७४, आईतवार २२:२५
 

सदरलाइनडटकम  
१५ साउन, नेपालगन्ज : बाँकेमा जिल्ला समन्वय समिति ९ सदस्यीय हुने भएको छ । जिल्ला सभाको आईतबार बसेको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेपछि सोही अनुसार ९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचन गर्न बाटो खुलेको हो ।
जिल्ला समन्वय समिति बाँकेका कार्यक्रम अधिकृत मिनबहादुर मल्लले संविधान मै जिल्ला समन्वय समिति बढिमा ९ सदस्यसम्म हुने ब्यवस्था गरेकोले आईतबार बसेको पहिलो बैठकले सो निर्णय गरेको जानकारी दिए ।
जिल्लासभाले प्रमुख, उपप्रमुख र सदस्यहरुको निर्वाचन गर्ने छ । जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख र सदस्य हुनका लागि गाउँसभा तथा नगरसभाको सदस्य हुनुपर्ने व्यवस्था छ । बाँकेमा ८ तहका प्रमुख र उपप्रमुख गरी १६ सदस्यीय जिल्ला सभा रहेको छ । जिल्लासभामा नेकपा एमालेको ७, नेपाली काँग्रेसको ६, संघीय समाजवादी फोरम नेपालको २ र राप्रपाको एक मत रहेको छ ।
जिल्ला समन्वय समितिका लागि सुरुमा नेकपा एमाले र संघिय समाजबादी फोरमबीच एमालेले प्रमुख र फोरमले उपप्रमुख लिनेगरी लिखित सम्झौता भएको थियो । तर त्यस लगत्तै नेपाली काँग्रेस, फोरम, माओवादी र राप्रपाबीच फोरमले प्रमुख पाउने गरी अर्को सम्झौता भएको सार्वजनिक भएको छ ।
यसैबीच पहिलो जिल्ला सभाको उद्दघाटन सत्रमा बाँके क्षेत्र नं. १ का सांसद देबराव भार, क्षेत्र नं. ४ का दलबहादुर सुनार, सांसद बादशाह कुर्मी, सांसद साविया प्रविण अन्सारी, जिल्ला न्यायाधिश तेज नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, एमालेका अशोक कोईराला लगायतका व्यक्तिहरुले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा स्वागत गरेका थिए ।
स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचनको बेलामा प्रयोग भएका निर्वाचन सामाग्री आआफ्नो निर्वाचन क्षेत्रबाट निकाल्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ एनआरएन जापान २०१७—१९का लागि महासचिव पदका दाबेदार विषेश्वर रेग्मीको प्रतिबद्धता—पत्र

१५ श्रावण २०७४, आईतवार २२:२५
सदरलाइनडटकम  १६ साउन, जापान : विषेश्वर रेग्मी जापानमा बसेर लामो समय विभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यको माध्यामबाट विदेशमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नाराका साथ विदेशमा आर्जेको ज्ञान, सीप, पूँजी तथा अनुभवलाई समृद्ध राष्ट्र निर्माणमा जोड्ने व्यक्ति मध्येका एक व्यक्ति हुन । समृद्ध राष्ट्र निर्माणमा […]