छोरी बलात्कार गरेको अभियोगमा कोहलपुरमा बाबु पक्राउ

११ श्रावण २०७४, बुधबार १९:४४
 

सदरलाइनडटकम
११ साउन, नेपालगन्ज : बाँकेको कोहलपुरमा छोरी बलात्कार गर्ने बाबु प्रहरी नियन्त्रणमा परेका छन् । अभियुक्त बाबुले आमा माईत गएको वा घर बाहिर रहेको बेलामा उनीमाथी गत एक महिना अघिदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक सुरेशकुमार काफ्लेले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका–१२ का ३० वर्षिय बाबुले आफ्नै १२ वर्षिया छोरीलाई बलात्कार गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जानकारी दिए । पीडित बालिकाका अनुसार आफ्नै बाबुद्वारा गत एक महिनादेखि लगातार यौन शोषणमा पर्दै आएकी थिईन ।
पीडित बालिकाको आमा घरमा फर्केपछि बालिकाले आफुमाथि भएको घटना आमालाई भने लगत्तै आमाले नै प्रहरीलाई जानकारी गराएकी थिईन । प्रहरीका अनुसार घटना मंगलबार रातीको भएको र आरोपी बाबु मंगलबार राती १२ बजेतिर नै प्रहरी नियन्त्रणमा आएको हो ।
प्रहरी नायव उपरीक्षक काफ्लेले दिएको जानकारी अनुसार पीडित बालिका आमा घरमा नभएको मौका छोपेर विगत एक महिनादेखि नै बाबुद्वारा बलात्कृत हुंदै आएकी थिईन । ‘पीडित बालिकाको मेडिकल जाँच गराई आफन्त र संरक्षकको जिम्मा लगाएका छौं’– उनले भने ।
पक्राउ परेका आरोपी बाबुमाथि हाड नाता करणी, जबरजस्ती करणी र बाल यौन दुराचारको अभियोगमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यावसायिक हक हित मै लड्छु : चक्रबहादुर अधिकारी (अध्यक्षका प्रत्यासी )

११ श्रावण २०७४, बुधबार १९:४४
  कोहलपुरका चक्रबहादुर अधिकारी यतिबेला आगामी साउन १५ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको नेतृत्वको लागि प्रतिश्पर्दामा छन् । अमृत तेल उद्योगको सञ्चालक समेत रहेका अधिकारीले संघको नेतृत्वका लागि संयुक्त समावेसी प्यानलबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । सरल स्वभाव, दुरदर्शी र अडिक व्यक्तित्वका धनी भएका कारण कोहलपुर क्षेत्रका […]

सम्बन्धित