अनेरास्ववियु बाँकेद्वारा नियमित कक्षा सञ्चालनको माग राख्दै महेन्द्र बहुमखी क्याम्पसका तालाबन्दी

८ श्रावण २०७४, आईतवार १७:२९
 

सदरलाइन / स्मृती देबकोटा  
८ साउन, नेपालगन्ज : नियमित पठनपाठन नभएको भन्दै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी आईतबारदेखि क्याम्पसमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका छन् ।
अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्लले लामो समयदेखि क्याम्पसमा शैक्षिक बाताबरण नभएको कारणले आन्दोलनमा उत्रिनु परेको बताए । उनीहरुले क्याम्पस प्रशासन, परीक्षा शाखा र लेखा शाखामा ताल्चा समेत लगाएका छन् ।
पश्चिम नेपालको सवैभन्दा ठूलो र पुरानो क्याम्पसमा नियमित पठनपाठन नहुँदा विद्यार्थीहरु मर्कामा पर्दै आएकोले बाध्य भएर तालाबन्दी सहित आन्दोलन गर्नु परेको अनेरास्ववियु बाँकेका सचिव मल्लले स्पस्ट पारे । ‘टाढादेखि पढन आएका विद्यार्थीको दिनहुँ क्याम्पस आउने शिक्षक कुर्ने र क्याम्पसमा पढाई नहुदा सधै फर्केर जाने दैनिक सेडूलनै बनेको कारण आन्दोन गरिएको हो’–उनले भने ।
अनेरास्ववियु मब क्याम्पस कमिटीका अध्यक्ष हेमराज शाहीले विगत लामो समयदेखि विद्यार्थीहरुको समस्यालाई लिएर प्रशासन सामु कुरा राख्दा प्रशासनले केहि चासो नगर्ने र आफुहरुको मागलाई खिल्ली उडाउने गरेको हुनाले आन्दोलनमा उत्रन बाध्य भएकोे दाबी गरे ।
आन्दोलनरत विद्यार्थीले छात्रवासको उचित व्यवस्था, विएससी, सिएसआईटी र विएससीको ल्याव सुचारु गर्न, पुस्ताकालयमा आवश्यक पुस्तकको व्यवस्था, क्याम्पस परिसर भित्र सरसफाईको व्यवस्था, कक्षा कोठामा बत्ति र पंखाको व्यवस्था गर्नुपर्ने, मास्टर डिग्री र विएससी चौथो वर्षको कक्षा संचालन हुनपर्ने लगायतका मागहरुलाई अगाडी बढाउदै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
मागको सुनवाई नहुन्जेलसम्म आफुहरुको आन्दोलन जारी रहने सचिव मल्लले बताए । माग पुरा नगरेर क्याम्पस प्रशासनले जवरजस्ती गरे जस्तो सुकै कदम चाल्न तत्पर रहेको विद्यार्थीको भनाई छ ।
यसैबीच नियमित पढाई सुचारुको विषयलाई लिएर अनेरास्ववियुले गरेको आन्दोलनको बारेमा क्याम्पस प्रमुख गणेश रेग्मीसंग सम्पर्क गर्न गरिएको प्रयास सफल हुन सकेन । उनी आफ्नो फोन फरवार्ड मोडमा राखेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चक्रबहादुर अधिकारीको नेतृत्वमा समावेसी प्यानलद्वारा उम्मेदवारी घोषणा

८ श्रावण २०७४, आईतवार १७:२९
सदरलाइनडटकम  ८ साउन, कोहलपुर : बाँकेको कोहलपुरमा व्यापारीहरुलाई आफ्नो नेता छनौटको लागि चुनावी सरगर्मी बढेको छ । आगामी साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्व छनौटको लागि हुन लागेको चुनावी अधिवेशनमा होएिका छन् । यसैक्रममा सो निर्वाचनका लागि संयुक्त समावेसी प्यानलले आईतबार कोहलपुरमा उम्मेदवारी घोषणा गरेको छ । […]