अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा नेपालगन्जमा फोटो प्रदर्शनी हुदै

२ श्रावण २०७४, सोमबार १९:४५
 

सदरलाइनडटकम 
२ साउन, नेपालगन्ज : अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा आगामी साउन १४ र १५ गते नेपालगन्जमा फोटो प्रदर्शनी हुने भएको छ । अन्तरालको व्यवस्थापनमा हुन लागेको ‘वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनीमा मुलुक भरका कुनै पनि स्थानमा खिचिएका फोटो समावेश हुनेछन् ।
व्यवसायिक फोटो पत्रकारका अलावा सर्वसाधारणले पनि आफ्नो फोटो प्रदर्शनीका लागि पठाउन सक्ने आयोजक अन्तरालले जनाएको छ ।
विश्वव्यापी रुपमा बाघको पा्रकृतिक बासस्थान जोगाउने र संरक्षण कार्यक्रमलाई टेवा पु¥याउने उद्देश्य लिएका बेला दिवशलाई सघाउन फोटो प्रदर्शनी आयोजना गर्न लागिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।
‘वन्यजन्तु र प्रकृतिको मात्र होइन, प्रकृति र मानव जातिको पनि अन्योन्याश्रित सम्बन्ध छ भन्ने देखाउनु पनि प्रदर्शनीको उद्देश्य हो’–शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ । प्रदर्शनी अवलोकन दर्शकका लागि निःशुल्क व्यवस्था गरिएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१२ वर्षिय बालकको काँधमा ढाई महिनाकी बहिनीसहित छ जनाको अभिभावकिय जिम्मेवारी

२ श्रावण २०७४, सोमबार १९:४५
सदरलाइन / रुद्र सुवेदी २ साउन, नेपालगन्ज : पढ्ने, खेल्ने, कुद्ने र मस्ती गर्ने उमेरमा कोहलपुर नगरपालिका–४ बेलनपुरका १२ वर्षिय मोहम्मद.तौसिब खाँ बेडुवाको काँधमा अढाई महिनाकी बहिनीसहित ६ जनाको भरण पोषणको जिम्मेवारी आई परेको छ । गत असार २६ गते राती तौसिबका बाबु मो.अब्ताफ बेडुवाले आमा गुल्शन बेडुवाको घाँटी रेटेर […]