विद्यालय स्तरसम्म प्रजनन र परिवार नियोजन शिक्षा लैजान आवश्यक

३० असार २०७४, शुक्रबार १९:३७
 

सदरलाइनडटकम
३० असार, नेपालगन्ज : स्कुले किशोर तथा किशोरीलाई प्रजनन स्वास्थ्यको ज्ञान दिन आवश्यक रहेको जनसंख्या दिवसका सन्र्दभमा आयोजिक कार्यक्रमका सहभागिले औलएका छन् ।
जिल्ला जनस्वाथ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरिएको कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेका तथ्याङ्क सहायक युवराज अधिकारीले हालको जनसंख्या बृद्धिदर बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार, बाँकेमा ४ लाख ९१ हजार ३ सय १३ जनसंंख्या रहेको छ । बिकशित राष्ट्रको तुलनामा जनसंख्या बृद्धिदर केही राम्रो रहेको भएपनि किशोर किशोरीबीच प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँदा केही समस्या देखिएको उल्लेख गरे ।
प्रस्तुत कार्यपत्रमाथि छलफल गर्दै परिवार नियोजनबारे अझैसम्म सबैजना चेतनशिल हुन नसकेको र जनचेतनाको लागि संचारमाध्यमको पनि महत्वपूर्ण भूमिका रहेको निष्कर्ष निकालिएको थियो ।
यसैबीच दिवस कै अवसरमा बाँकेमा यसअघि नै गरिएको ‘राष्ट्र निर्माण र जन सशक्तिकरणमा परिवार नियोजनको भूमिका’ विषयक अन्तरविद्यालय स्तरिय निवन्ध प्रतियोगीतामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ ।
सो निबन्ध प्रतियोगितामा भेरी ईङ्ग्लीस मिडियम स्कूलका राकेश काँदु प्रथम, त्यसैगरी जय बागेश्वरीका कमल चौधरी, द्वितीय र वेस्टर्नका शरु चौधरी तृतिय भएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्काले प्रथम हुनेलाई ३ हजार, द्वितीयलाई एक हजार ५ सय र तृतियलाई एक हजार नगद पुरस्कार बितरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख जन स्वास्थ्य प्रशासक खड्काले विद्यालय स्तरबाटै प्रजनन शिक्षाको सचेतना फैलाउन सके समाजमा समेत त्यसले सकारात्मक सन्देश दिने बताए । उनले भने–‘ अहिलेका किशोर किशोरी प्रजनन अधिकारको बारेमा जानकारी लिन पनि नचाहने र दिने निकाय पनि खुलेर दिन नसकेको अनुभुती भएको छ । अव अवस्था बदलिएको छ । प्रजनन स्वास्थ्यका बारेमा खुलेर चर्चा हुन आवश्यक छ ।’
सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीले विजेता विभिन्न विद्यालयका विद्यार्थीलाई बधाई दिदै उनीहरु संगै ग्रामिण क्षेत्रका सामुदायिक विद्यलयका किशोर किशारीलाई प्रजनन र परिवार नियोजनका बारेमा जानकारी गराउदै यस्ता गतिविधिमा सहभागिता गराउन सुझाव दिएका थिए । सो कार्यक्रममा कार्यालयले गरेका विभिन्न गतिविधिका बारेमा सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

MUSOM has announced the BBA

३० असार २०७४, शुक्रबार १९:३७
Inspiring Leadership   Mid-Western University School of Management (MUSOM) Birendranagar, Surkhet BBA Admission Notice for Sixth Batch (2074-2078) MUSOM proudly invites applications for admission to the BBA Program for Sixth Batch (2074-2078) of Bachelor in Business Administration (BBA) Program.    Eligibility: 10+2 in any discipline with a minimum of 45percent in […]