बैजापुरमा निशुल्क सिकलसेल परीक्षण शिविर सम्पन्न

२७ असार २०७४, मंगलवार १९:१९
 

सदरलाइन /रुद्र सुवेदी 
२७ असार , नेपालगन्ज : थारु समुदायमा मात्र देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाकोे परीक्षण राप्तीसोनारी गाउँपालिकाको बैजापुर स्वास्थ्य चौकीमा सम्पन्न भएको
छ ।
भेरी अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको सो शिविरबाट २ सय ९३ जनाले निशुल्क रगत जाँच गराएको जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा सिकलसेल एनिमियाँ तथा फाल्सिमिया रोगका फोकलपर्शन रामबहादुर चन्दले जानकारी दिए ।
नेपालगन्जमा आएर सिकलसेल रोग परीक्षण गराउन नसकेकाहरुको सुविधाका लागि घरदैलोमा नै पुगेर सेवा दिने उदेश्यले बैजापुरमा सिकलसेल रोगको परीक्षण गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा भएको शिविरमा राप्तीसोनारी गाउँपालिका वडा नं. ३ र ४ का थारु समुदायका बालबालिका देखि जेष्ठ नागरिकसम्मको सहभागिता रहेको थियो । उनले ८० वर्षका जेष्ठ नागरिकदेखि ३ वर्षका बालबालिकाको सिकलसेल परीक्षण गरिएको बताए ।
उनले वर्षातको बेलामा खेतीको काम छोडेर सिकलसेल परीक्षणका लागि सर्वसाधारण आएको बताए । सिकलसेल एनिमियाको बारेमा सचेत भएको आफूले पाएको बताउँदै उनले स्वस्फूर्त रुपमा सर्वसाधारणले सिकलसेल परीक्षण गराएको बताए । ‘धान रोप्दै गरेकाहरु समेत परीक्षणका लागि शिविरमा आएका छन्’–उनले भने ।
बैजापुर कुम्हरकी ५५ वर्षिया अंगतरामा थारुले रोप्दा रोप्दैको काम छोडेर रगत जचाउन आएको बताईन । उनले भनिन–‘घरदैलो मै निशुल्क सेवा दिन आएको सुनेर रोप्दा रोप्दैको कमा छोडेर रगत जचाउन आएकी हुँ ।’ उनले नेपालगन्जमा पनि निशुल्क सेवा दिने जानकारी पाएको भएपनि त्यहाँसम्म जान आउने खर्च जोगिएको बताईन ।
राप्ती सोनारी –३ की चैनकुमारी थारुले पनि सोही शिविरमा रगत जाँच गराउनको लागि आएको बताईन । उनले समुदायमा सिकलसेल एनिमियाँ वंशाणुगत रुपमा रहेकोले सबैले रगत जचाई आफुमा भएको नभएको जानकारी लिएर बस्नु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका निर्वाचन क्षेत्र विकास योजनाको अनुगमन, अधिकांश योजना सम्पन्न

२७ असार २०७४, मंगलवार १९:१९
सिराज खान/सदरलाइन २७ असार, नेपालगन्ज : बाँके जिल्लामा संचालित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका विकासे योजनाहरुको स्थलगत अनुगमन गरिएको छ ।   आर्थिक बर्ष २०७३–०७४ सम्पन्न हुन लागेको बेला जिल्ला समन्वय समिति बाँकेले जिल्लामा संचालनमा रहेको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुको अन्तिम अवस्था बारे जानकारी लिन स्थलगत अनुगमनलाई […]