बाढी तथा डुवानबाट जोगिन तथा क्षती न्यनीकरण गर्न पूर्व अभ्यास

२६ असार २०७४, सोमबार १९:५६
 

सदरलाइनडटकम
२६ असार, नेपालगन्ज : बाँकेमा बाढी र डुवानबाट जोगिनको लागि वर्षा लागेसंगै बाँकेमा बाढि पुर्व तयारी थालिएको छ । प्रत्येक वर्ष वर्षायाममा बाँकेमा बाढिको प्रकोपले ठूलो धनजनको क्षति हुँदै आएकाले यस वर्ष पनि वर्षाको शुरुवातसंगै बाँकेमा बाढिको पुर्व तयारी शुरु गरिएको हो ।
बाढि पुर्व तयारी अनुसार नै सोमबार   नेपालगन्जमा खोज तथा उद्धारका लागि रबरबोटको प्रयोगात्मक अभ्यास गरिएको
छ । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैबी प्रकोप उद्धार समितिको संयोजक रविलाल पन्थ, बाँके प्रहरी प्रमुख टेकप्रसाद राई, सशस्त्र प्रहरी बलका प्रमुख लगायतका सुरक्षाकर्मीको उपस्थितिमा बागेश्वरी मन्दिर परिसरको पोखरीमा प्रयोगात्मक अभ्यास गरिएको हो ।
बाँकेमा पहिलो पटक जिल्लामा यस्तो खालको रबर बोट भित्रिएको छ । यसअघि नेपाली सेना र शसस्त्र प्रहरीसंग भएको भए पनि जिल्ला दैबी प्रकोप उद्धार समितिका लागि पहिलो पटक यस्तो डुङा आएको हो । ९ लाख ६१ हजार ६५ रुपैया परेको डुङा नेपाल रेडक्रस सोसाईटीले समितिलाई प्रदान गरेको जिल्ला आपतकालिन कार्य संचालन केन्दका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीमतीको हत्या गरी टाउको सहित प्रहरीमा पुगे हत्यारा पति

२६ असार २०७४, सोमबार १९:५६
सदरलाइनडटकम २७ असार, कोहलपुर (बाँके) : कोहलपुरमा श्रीमानले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरी श्रीमतीको टाउको सहित प्रहरीमा आत्मसमपर्ण गरेका छन् । कोहपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षिय अहमद अफ्ताब बेडुवाले आफ्नी श्रीमति २६ वर्षिया फुलचन बेडुवाको सोमबार राती करिव १० बजे घाँटी रेटेर हत्या गरेका हुन । ईलाका प्रहरी कार्यालय […]