नेपालगन्जका उप–महानगरका जनप्रतिनिधिले गरे पदभार

२२ असार २०७४, बिहीबार १९:४६
 

सदरलाइनडटकम
२२ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहणसंगै पदभार ग्रहण गरेका छन् । उप–महानगरको परिसर मै आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तेजनारयण पौडेलले नव निर्वाचित मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, २३ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई निर्वाचन समितिले निर्वाचति भएको प्रमाणपत्र दिनुको साथै उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
सपथ लिए लगत्तै नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्जको रानी तलाउ
सोही समारोहलाई सम्बोधन गर्दै मेयर डा. राणाले नेपालगन्जको विकासका लागि पार्टीगत स्वार्थबाट माथी उठेर आफुले काम गर्ने र निर्वाचति भएका सबै जनप्रतिनिधिले पनि त्यसरीनै काम गर्दै नगरको विकास गर्न सबैमा आग्रह गरे
‘सबैले मिलेर काम गरे आगामी ५ बर्षभित्र नेपालगन्जलाई देशकै नमुना शहर बनाउन सकिन्छ त्यसैले सबै आ–आफ्नो ठाँउबाट पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गरौ सफलता धेरै टाढा छैन’ मेयर डा राणाले भने ।
उपप्रमुख उमा थापा मगरले समृद्ध नेपालगन्जका लागि नव निर्वाचित जनप्रतिधिलाई साथ दिन नगरबासीलाई आग्रह गरिन उनले पारदर्शी र भ्रष्टाचार मुक्त नगरपालिका संगै सफा र हराभरा नगरपालिका बनाउन सबैको सहयोगको खाँचो रहेको औल्याईन ।
यसैबीच सपथग्रहण लगत्तै पदभार ग्रहण गर्दै नेपालगन्ज उप–महानगरका मेयर डा. राणाले रानीतलाउ, सीमा गेट र नगरभवनको मर्मत सम्भार र जिर्णोद्धार गर्ने, नगरभित्रको ट्राफिक ब्यवस्थापन गर्ने र वडा कार्यालय नभएका वडामा छिटो भन्दा छिटो कार्यालय स्थापना गरिने जस्ता कार्य सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जका युवा निर्देशक ठकुरीको नयाँ म्युजिक भिडियो बजारमा आउदै

२२ असार २०७४, बिहीबार १९:४६
सदरलाइनडटकम २२ असार नेपालगन्न : नेपालगंन्जका युवा निर्देशक सागर सिंह ठकुरीको नयाँ म्युजिक भिडियो बजारमा आउने तैयारीमा रहेको छ । दर्जनौ म्युजिक भिडियोमा निर्देशन , छायांकन तथा सम्पादन गरेका सागरले २०७४ सालको पहिलो भेटसंगै भेट शिर्षक नामक म्युजिक भिडियो बजारमा ल्याउने तैयारीमा छन् । आधुनिक गीत मा स्वर राकेश ओली […]