खजुरा गाउपालिकामा एमालेको विजय जुलुस

२१ असार २०७४, बुधबार २०:१९
 

सदरलाइनडटकम
२१ असार, नेपालगन्ज : नेकपा एमाले खजुरा गाउपालिकामा एमालेले ठूलो जित हासिल गरेको छ । एमालेका किस्मतकुमार कक्षपतिले माओवादी केन्द्रका डम्बर विक तुफानलाई पछाडि पार्दै जित हात पारेका हुन ।
खजुरा गाउपालिका १ नं. वडादेखि मत गणना गर्न सुरु गरेदेखि नै उनी र एमालेबाट उप– प्रमुखका प्रत्यसी एकमाया विकले कहिल्यै पछि पर्नु परेन । आफ्नैबाट विभिन्न बाधा र अड्चन दिदा पनि सजिलै समाधान गर्दै अभियानमा लाग्दाको परिणाम पार्टीको पक्षमा ठूलो जीत भएको उनीहरुको भनाई छ ।
‘पार्टीले टिकट दिएर जिताए पनि सबै जनताको प्रतिनिधिको रुपमा आफुहरुले काम गर्दै जाने छौ’–प्रमुख उप–प्रमुख दुबैले भने । यसैबीच एमाले खजुरा गाउपालिका निर्वाचन परिचालन समितिको आव्हानमा बुधबार खजुरा गाउपालिकाका विभिन्न स्थानहरुमा विजयी प्रमुख उपप्रमुख वडा अध्यक्ष, सदस्यहरुका साथमा एमालेबाट निर्वाचन बाँके क्षेत्र नं. ४ का सांसद दलबहादुर सुनार, एमालेका नेता, कार्यकर्ताहरु सहित मतदातालाई धन्यवाद दिन र उनीहरु प्रति आभार व्यक्त गर्न मतदाताको घरदैलोमा पुगेको भिम ओलीले जानकारी दिए ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जका उप–महानगरका जनप्रतिनिधिले गरे पदभार

२१ असार २०७४, बुधबार २०:१९
सदरलाइनडटकम २२ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहणसंगै पदभार ग्रहण गरेका छन् । उप–महानगरको परिसर मै आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तेजनारयण पौडेलले नव निर्वाचित मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, २३ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई निर्वाचन समितिले निर्वाचति भएको प्रमाणपत्र दिनुको साथै उनीहरुलाई […]