नेपाली काँग्रेसको नेपालगन्जमा विजय र्याली फोटो सहित

२० असार २०७४, मंगलवार १६:१७
 

सदरलाइनडटकम
२० असार नेपालगन्ज : नेपाली काँग्रेसले नेपालगन्जमा आफ्ना विजयी उम्मदवार सहित विजयी र्याली निकालेको छ । पार्टी कार्यालयबाट निकालेको सो विजयी र्याली नेपालगन्जका विभिन्न भागहरुमा परिक्रमा गर्ने जनाईएको छ । गत असार १४ गते भएको मतदानमा नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाको उपमेयरसहित ८ वडामा विजयी हासिल गरेको थियो ।
नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रहेकी उमा थापा मगरले १०७३१ मतले विजयी भएकी थिईन उनकी निकटतम प्रतिद्धन्दी राप्रपाकी रमारानी बैश्यले ८७३० मै सिमित रहेकी थिईन ।
यसैगरी वडा अध्यक्षहरुमा वडा नं.२ मा सुनिलसिंह हमाल, १० मा विन्दुभुषण बस्नेत, ११ मा उज्वलसिंह राठौर, १२ मा वुद्धिसागर सुवेदी, १३ मा विरेन्द्रबहादुर शाह, १६ मा मोहम्मद हनिफ जोलाहा, वडा न १९ पर्सुराम कुर्मी, वडा २२ मा विद्याराम वर्मा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा राप्राको विजय उत्सव

२० असार २०७४, मंगलवार १६:१७
सदरलाइनडटकम २० असार नेपालगन्ज: राप्रपा बाँकेले नेपालगन्ज उप–महानगरपालिकाका नवनिर्बाचित मेयर डा. धवल शम्शेर राणाको विजयी जुलुस नेपालगन्जमा निकालेको छ । नेपालगन्जको चारबाहिनी अगाडि रहेको पार्टी बार्यालयबाट निकालिएको विजय उत्सवमा राप्रपका पुरानादेखि नयाँ पुस्ताका नेताहरु सहभागि रहेका थिए । सो विजय उत्सवले नगरका विभिन्न भागमा पुगेर मतदाता तथा शुभ चिन्तक प्रति […]