डुडुवा गाउपालिकामा काँग्रेसको जित

१७ असार २०७४, शनिबार १८:४५
 

सपना विष्ट / सदरलाइन
१७ असार नेपालगन्ज  : बाँके काँग्रेसका लागि अत्यन्तै चुनौती असह बनेको डुडुवा गाउपालिकामा आफ्नो जीत निकाल्न सफल भएको छ । निर्बाचनको मुखमा बाँके काँग्रेसका पूर्व जिल्ला सचिवसमेत संघीय समाजबादी फोरम नेपाल प्रवेश गरेर प्रत्यासी बन्दा समेत काँग्रेसले सो गाउपालिकाबाट जित हासिल गरेको हो ।
बाँकेको डुडुवा गाउपालिकामा नेपाली काँग्रेसका नेरन्द्र चौधरी पप्पु विजयी भएका छन् । उनले४६९१ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी संघिय समाजबादी फोरमका विजय यादवले ४१९२ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै सायदा बानोले ४३१५ मत ल्याएर विजयी भएको निर्बाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए । उनको निकटतम प्रतिद्धन्दी संघीय समाजबादी फोरम नेपालका जमिदा खातुनले ४१३४ मत प्राप्त गरेकी छन ।
वडा अध्यक्षमा १ र २ मा नेपाली काँग्रेसका पाटेश्वरी कुर्मी र गजेन्द्र कैराती विजयी भए । त्यसैगरी ३ र ४ मा संघीय समाजबादी फोरम नेपालका भण्डारीलाल अहिर र सगिर खाँले जित हाँसिल गरे । ५ नं. वडामा एमालेका परशुराम बुढाथोकी र ६ नं. वडामा फोरम लोकतान्त्रिकका मोहनराम मिश्रले विजयी हासिल गरेका छन् । फोटो राकेश मिश्रको फेशबुकवालबाट


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेसको नेपालगन्जमा विजय र्याली फोटो सहित

१७ असार २०७४, शनिबार १८:४५
सदरलाइनडटकम २० असार नेपालगन्ज : नेपाली काँग्रेसले नेपालगन्जमा आफ्ना विजयी उम्मदवार सहित विजयी र्याली निकालेको छ । पार्टी कार्यालयबाट निकालेको सो विजयी र्याली नेपालगन्जका विभिन्न भागहरुमा परिक्रमा गर्ने जनाईएको छ । गत असार १४ गते भएको मतदानमा नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाको उपमेयरसहित ८ वडामा विजयी हासिल गरेको थियो । […]