नेपालगन्जमा मत गन्न सुरु (भिडियो समेत)

१५ असार २०७४, बिहीबार १६:०६
 

सदरलाइनडटकम
१५ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको मतगणनाको लागि गणकहरुले मत पत्र खोलेर मिलाउदै छन् । यतिबेला नेपालगन्ज–१ नं. वडाको मतपत्र मिलाई सकिएको र गणकहरु २ न. वडाको मत पत्र मिलाउदै रहेको मत गणना स्थलबाट जानकारी प्राप्त भएको छ ।
नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको ठूलो हलमा मत गन्नको लागि प्रबन्ध मिलाईएको छ । अत्यन्तै ढिलो मत गणना गर्ने कार्य भएको भन्दै मत परिणाम सुन्न आतुर जनताहरु बाहिर आक्रोशित मुद्रमा रहेका छन् ।
मत गणना स्थलमा कडा सुरक्षा निगरानीमा राखिएको छ । मुख्य प्रवेश द्वारदेखि भित्र प्रवेश गर्ने स्थानमा चेकजाँच गरिने गरिएको छ । निर्वाचन परिणाम १८ घण्टा भित्र दिने भनिएको भए पनि मतदान भएको करिव २२ घण्टा हुँदा पनि कुनै परिणाम बाहिर आउन सकेको छैन । https://youtu.be/rmrYG-9NtfU

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर १ मा एमालेका गोपीलालको प्यानलै विजयी

१५ असार २०७४, बिहीबार १६:०६
रबिन्द्र सिंह ठकुरी / सदरलाइन १५ असार, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको वडा नं. १ को मतगणना सम्पन्न भइसक्दासम्म एमालेका गोपीलाल खनालको प्यानलै विजयी भएको छ भने मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवातमा कांग्रेसले अग्रता लिए पनि वडा नं. १ को मतगणनाको अन्त्यसम्ममा एमालेले ५० बढी मतले अग्रता […]

सम्बन्धित